खाँदबारी । चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बू शेर्पाले छ्याङ्कुटी पुखुवा सडकको मुआब्जा नदिई भोट माग्न नआउन भन्नुभएकाे छ । जिल्ला समन्वय समितिले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष शेर्पाले यस्तो बताउनुभएकाे हाे ।
बर्षौ आन्दोलन गर्दा पनि अरुण तेश्रोको पावर हाउस क्षेत्र पुखुवा जाने छ्याङ्कुटीदेखि २४ किलोमिटर क्षेत्रका नागरिकहरुले मुआब्जा पाउन सकेका छैनन् । उनीहरुको मागलाई संघ तथा प्रदेशका सांसदहरु र राजनितिक दलका नेताहरुले समेत बेवास्ता गरेको अध्यक्ष शेर्पाको आरोप छ ।
जिल्लाबाट जितेर गएका सांसदहरुको भुमिका अत्न्यन्तै कमजोर रहेको आम नागरिकहरुको गुनासो रहेको अध्यक्ष शेर्पाले बताउनुभयो । जिल्ला स्थित सवै दल, सम्बन्धित सरोकारवालाहरुमा पहल गरि, लगानी बोर्ड, अर्थमन्त्री हुँदै प्रधानमन्त्री समेतलाई डेलिगेशनमा गए पनि अहिलेसम्म मुआब्जा पाउन छुटेकाहरुले नपाएको शेर्पाले बताउनुभयो ।
बर्षौदेखि जनता आन्दोलन गरिरहेको तर कसैलाई वास्ता नभएको शेर्पाको गुनासो छ । ‘आखिरी जनताको काम नगर्ने हो भने भेट केका लागि र किने दिने ?’ अध्यक्ष शेर्पाले प्रश्न सोध्नुभयो । निर्वाचन अघि अरुण तेश्रो प्रवेश मार्ग क्षेत्रको मुआब्जा नदिलाए भोट दिन बाध्य नहुने अध्यक्ष शेर्पाको भनाई थियो ।
आगामी मसिर ४ मा प्रतिनिधि सभा तर्फ संखुवासभाबाट १३ जनाले उमेद्वारी दर्ता गराएका छन् भने प्रदेश सभा (क) तर्फ ८ जनाको उमेद्वारी परेको छ । अघिल्लो निर्वाचनमा नेकपा एमालेका राजेन्द्र गौतम प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्थ्यो । यस बर्ष पनि गौतम नै एमालेबाट उमेद्वार बन्नुभएको छ । नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा दिपक खड्का उमेद्वार बन्नुभएको छ ।
प्रतिक्रिया