चिचिलाले ल्यायाे शिक्षा ऐन, प्रधानाध्यापककाे कार्य अवधी ५ बर्षकाे हुने



खाँदबारी । चिचिला गाउँपालिकाले चिचिला गाउँपालिका शिक्षा ऐन २०७९ पारित गरेकाे छ । संघीय शिक्षा ऐनले गरेकाे ब्यवस्था बाहेक गाउँपालिकामा आवश्यक पर्ने ब्यवस्थाहरु थप गर्दै हिउँदे गाउँसभाले ऐन पारित गरेकाे हाे ।

गाउँपालिका शिक्षा ऐन अनुसार एक शिक्षकले अधिकतम् १० बर्ष मात्र प्रधानाध्यापक पदमा रहन पाउने ब्यवस्था गरेकाे छ । पहिलाे अवधी ५ बर्षकाे रहने र प्रधानाध्यापककाे काम चित्तबुझ्दाे भएकाे, उनकाे प्रसासकीय नेतृत्वले विद्यालय राम्राे बन्ने सराेकारवालाहरुले निर्णय गरेकाे अवस्थामा दाेश्राे कार्यकाल पनि प्रधानाध्यापक पदमा रहन पाउने ब्यवस्था छ । दाेश्राे कार्यकालबाट भने प्रधानाध्यापक पदमा रहन नपाउने ऐनमा ब्यवस्था गरिएकाे छ ।

त्यस्तै, विद्यालयकाे सामग्री खरिदकाे लागि आर्थिक काराेबारसँग नजाेडिएका शिक्षक तथा कर्मचारी नरहने गरि खरिद समिति गठन गर्ने ऐनमा ब्यवस्था गरिएकाे छ । सामग्री खरिदलाई विश्वासनीय बनाउनकाे लागि प्रधानाध्यापक र लेखापाल सदस्य नरहने गरि तीन सदसीय  खरिद समिति गठन गर्ने ब्यवस्था गरिएकाे छ ।

गाउँपालिकाका विभिन्न विद्यालयहरुमा स्थापना गरिएकाे छात्रबृत्तिहरुकाे सुरक्षाकाे लागि बैंकमा नै खाता खाेलेर राख्नु पर्ने अनिबार्य ब्यवस्था चिचिला गाउँपालिका शिक्षा ऐनले ब्यवस्था गरेकाे छ । कत्तिपय छात्रबृत्ति काेषकाे रकम ब्यक्तिमा राखिएकाेले साेकाे सुरक्षाकाे लागि बैंकमा नै राख्नु पर्ने ऐनमा ब्यवस्था गरिएकाे छ ।

जारी गरिएकाे ऐनमा गाउँपालिकाकाे प्रतिनिधित्व गरेर जाने विद्यार्थीहरुकाे सम्पुर्ण खर्च गाउँपालिकाले ब्यहाेर्नु पर्ने ब्यवस्था गरिएकाे छ । त्यस्तै विद्यालयमा विपद काेषकाे स्थापना गर्नु पर्ने ऐनमा ब्यवस्था गरिएकाे छ । विद्यालयहरुमा विद्यार्थी, शिक्षक, कर्मचारीहरुलाई आपतकालिन स्वास्थ्य समस्या तथा चाेटपटक लागेमा तत्काल उद्धारकाे लागि विपद् काेषकाे स्थापना गर्नु पर्ने ऐनमा भनिएकाे छ ।

याे ऐन पालिका भित्रका सराेकारवालाहरु तथा जनप्रतिनिधिहरुसँग ब्यापक सुझाव तथा परामर्श लिई गाउँपालिकाकाे सामाजिक विकास समिति मार्फत गाउँसभामा पेश गरिएकाे गाउँपालिकाका शिक्षा अधिकृत बासु काेईरालाले जानकारी दिनुभयाे । गाउँसभाबाट पास भई आएकाे याे ऐनलाई कार्यन्वय गर्न सुरु भईसकेकाे समेत अधिकृत काेईरालाले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार