हिमालय मावि खाँदबारीकाे छात्रले अनिबार्य ढाका टाेपी, छात्राकाे दुई चुल्ठी



खाँदबारी । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा रहेकाे हिमालय माध्यमिक विद्यालयका छात्रहरुकाे पाेशाकमा टाेपी र छात्राहरुकाे रिवन सहितकाे दुई चुल्ठि बाध्न अनिबार्य गरेकाे छ । नेपाली नेपाली माैलिकता र संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ चालु शैक्षिक सत्रकाे सुरुबाट नै छात्रहरुलाई ढाका टाेपी अनिबार्य गराईएकाे हाे ।

त्यस्तै एकरुपताका लागि छात्राहरुले अनिबार्य रुपमा रिवन सहित दुई चुल्ठि बाँध्नु पर्ने नियम लागु गरिएकाे हिमालय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तथा सुचना अधिकारी भरत कुलुङले जानकारी दिनुभयाे । याे नियम कक्षा दशबाट सुरु गरि तल्लाे तहहरुमा लागु गरिदै लगिएकाे कुलुङले जानकारी दिनुभयाे ।

याे कार्यले विद्यार्थीहरुमा नेपाली टाेपी प्रति सम्मान बढ्दै गएकाे कुलुङले बताउनुभयाे ।

सम्बन्धित समाचार