ताम्कु । सिलिचोङ गाउँपालिकाले स्नातक तथा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाले कार्यविधि निर्माण गरि ६ विधामा २४ विषय अध्ययन गर्ने विद्यार्थीहरु मध्येबाट छानेर छात्रबृत्ति प्रदान गर्ने भएको हो ।
चालु आर्थिक बर्षमा कार्य विधि बनाई प्रतिबर्ष अध्ययनको विषय अनुसार एक देखि २ लाख रुपैयाँसम्म छात्रबृत्ति प्रदान गर्ने भएको हो । गाउँपालिकाले साधारण विज्ञान, स्वास्थ्य सेवा, पशु सेवा, कृषी सेवा, बन विज्ञान र ईञ्जिनियरिङ गरि ६ विधामा स्नातक तथा स्नातकोत्तर अध्ययन गर्ने मध्येकालाई छात्रबृत्ति दिन लागेको हो ।
छात्रबृत्तिका लागि छनौटको आधारहरु कार्यविधिको अनुसुचीमा राखिएको शिक्षा शाखा प्रमुख बुद्धि कुलुङले जानकारी दिनुभयो ।यस बर्षको छात्रबृत्तिका लागि गाउँपालिकाले दरखास्त आव्हान गरेकोे छ ।
छात्रबृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीहरूले आवश्यक कागजातहरू सहित सूचना भएको मितिले १५ अर्थात असार ६ गते भित्र आवेदन दिईसक्नु पर्ने प्रमुख प्रशासकीय अधिकृत भद्रबहादुर कुलुङले जानकारी दिनुभयो । छात्रवृत्तिका लागि कार्यविधिको अनुसूची १ बमोजिमको ढाँचामा आवेदनका दिन सकिने उहाँले जानकारी दिनुभयो ।
अध्ययन गर्न चाहेर पनि आर्थिक अभाव भएर पढ्न नसकेकाहरुलाई राहत पुर्याउने उद्देश्यका साथ छात्रबृत्ति कार्यक्रम राखिएकाे गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले जानकारी दिनुभयाे । यस कार्यक्रमले गाउँपालिकालाई आवश्यक पर्ने जनशक्ति समेत उत्पादन हुने अपेक्षा रहेकाे अध्यक्ष मेवाहाङले जानकारी दिनुभयाे ।
छात्रबृत्ति पाउने विषय र दर यहाँ प्रस्तुत गरिएकाे छ । याे बिवरण सिलीचोङ गाउँपालिका छात्रवृत्ति वितरण सम्बन्धी कार्यविधि, २०८० बाट साभार गरिएकाे हाे ।
प्रतिक्रिया