खाँदबारी । खाँदबारीदेखि मानेभञ्जयाङ सडक खण्ड अन्तर्गत लहरे बर छेउकाे हिलाम्य सडकमा स्थानीयले मुढा तेर्साएर बाटाे अवरुद्ध गरेका छन् । हिलाम्य सडक प्रति कसैले चासाे नदेखाएकाे भन्दै विहिबार दिउँसाे स्थानीयले बाटाे अवराेध गरेका हुन् ।
ठेकेदारले सडक बनाउने नाममा खनेकाे बाटाे लामाे समयदेखि हिलाम्य अवस्थामा छ । सडक हिलाम्य भएपछि आवत जावतमा समस्या हुँदै आएकाे छ । हिलाम्य सडकमा अरुण तेश्राे लगायतका ठुला मालबाहक सवारी साधन बाहेक अन्य साधनहरु सञ्चालन हुन सकेकाे थिएन ।
स्थानीयले सडक अवरुद्ध बनाएपछि सराेकारवालाहरुकाे बैठकले ३ दिन भित्र सहजै आवागमन सहज हुने गरि मर्मत गर्ने निर्णय गरिएकाे छ । जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यकाे संयाेजकत्वमा जिल्ला प्रसासन कार्यालयमा बसेकाे बैठकले तत्काल राेडा ल्याएर विच्छाउन थाल्ने निर्णय गरेकाे थियाे । साे निर्णय गरेसँगै अवरुद्ध सडक खाेलिएकाे छ ।
उक्त निर्णय पछि लहरे बर क्षेत्रमा राेडा विच्छाउन थालिएकाे छ ।
प्रतिक्रिया