खाँदबारी खानेपानी उपभाेक्ता समिति खारेज गरि दिब्य बरालकाे नेतृत्वमा तदर्थ समिति गठन



खाँदबारी । लामाे समयदेखि बिवादित खाँदबारी खानेपानी तथा सरसफाई उपभाेक्ता समितिलाई खारेज गरि नयाँ तदर्थ समिति गठन गरिएकाे छ । नरेन्द्र राईकाे अध्यक्षतामा रहेकाे समितिलाई खारेज गरि दिब्य बरालकाे अध्यक्षतामा खाँदबारी नगरपालिकाले तदर्थ समिति गठन गरिएकाे हाे ।

समितिकाे उपाध्यक्षमा राेहिणी प्रसाद निराैला, सचिवमा सल्लेन नेपाली, काेषाध्यक्ष सुवर्ण शाक्य छनाैट गरिएकाे छ । सदस्यहरुमा हरिश्वर थापा मगर, सुसिला घिमिरे, लक्ष्मी ढुङ्गाना, सराेज कुमार बज्राचार्य, रमाेद श्रेष्ठ, भक्त नारायण श्रेष्ठ र काैशीला खनाल रहेका छन् ।

पदेन सदस्यहरुमा जिल्ला समन्वय समितिकाे कार्यालय संखुवासभा, खाँदबारी नगरपालिका कार्यालय, जिल्ला प्रसासन कार्यालय संखुवासभा, काेष तथा लेखा नियन्त्रण कार्यालय संखुवासभा, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय संखुवासभा र उत्तर दक्षिण काेशी सडक आयाेजना कार्यालय राखिएकाे छ ।

याे समितिले ६ महिना भित्र साधारण सभा सम्पन्न गर्नु पर्नेछ । समितिले तत्काल मुहानकाे खाेजी गरि खानेपानीकाे आपुर्ती गर्नु पर्ने, हालसम्मकाे आयब्यायकाे हिसाव लेखा परिक्षण गरि सार्वजनिक गर्नु पर्ने जिम्मेवारी ताेकिएकाे खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले जानकारी दिनुभयाे । आगामी साउनदेखि हालकाे दरबाट ५० प्रतिशत महशुल घटाउने निर्णय गरिएकाे समेत नगर प्रमुख थपलियाले जानकारी दिनुभयाे ।

खानेपानी उपभाेक्ता समितिमा भ्रष्टचार भएकाे र साेकाे छानविन हुनु पर्ने, खानेपानी नियमित हुनु पर्ने, महशुल घटाउनु पर्ने लगायतकाे माग राख्दै स्थानीय युवाहरुकाे समुह सचेत युवा समुहले दवाब दिँदै आएकाे थियाे । साेहि दवाबकाे कारण खाँदबारी नगरपालिकाले हस्तक्षेपकारी भुमिका खेल्नु परेकाे खाँदबारी नगरपालिकाका प्रमुख थपलियाले पत्रकार सम्मेलनमा जानकारी दिनुभएकाे थियाे ।

 

सम्बन्धित समाचार