खाँदबारी । संखुवासभाकाे हेँवा खोलामा सनिबार राती आएको बाढिले बगाउँदा १ जनाको ज्यान गएको छ । बाढिले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ स्थित खाेला किनारमा एक शव भटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
शवको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढिले बगाउँदा ठुलो जनधनको क्षति भएको हो ।
बाढिले चैनपुर ४ मा निर्माण भईरहेको सुपर हेँवा हाईड्रोमा पुर्णरुपले क्षति पुगेको वाना प्रहरी चौकीका ईञ्चार्ज सई टिकाराम राईले जानकारी दिनुभयो । उक्त परियोजनामा काम गर्ने १७ मजदुरहरु सम्पर्क विहिन रहेको समेत सई राईले जानकारी दिनुभयो । खोलामा बाढि आएपछि उनीहरु अन्यत्र भागेको वा बाढिमा परेको भनेर यकिन हुन बाँकी रहेको राईले जानकारी दिनुभयो ।
बाढिले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधिन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ७ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घटनाको थप बिवरण आउँन बाँकी छ ।
प्रतिक्रिया