खाँदबारी । प्रधान मन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड“ नेतृत्वको सरकारी टोलीले सङ्खुवासभाको बाढी प्रभावित क्षेत्रको अनुगमन भएको छ । सोमबार प्रधान मन्त्रीको टोलीले हेँवा खोलामा आएको बाढीले प्रभावित बनाएकाहरुको हवाई अनुगमन गरेका हुन् ।
बाढी प्रभावित क्षेत्रको हवाई अनुगमनपछि तुम्लिङटार विमान स्थलमा प्रधानमन्त्री दाहालले घटनाको बारेमा जानकारी लिनुभएको थियो । सनिबार राती हेँवा खोलामा आएको बाढीले पुर्याएको क्षति र हालको अवस्थाको बारेमा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी गराउनुभएको थियो ।
तुम्लिङटारमा आयोजित संक्षिप्त कार्यक्रमपछि पत्रकारहरुसँग बोल्नुहुँदै प्रधानमन्त्री दाहालले सङ्खुवासभा लगायत पुर्वी पहाडी जिल्लामा गएको बाढी पहिरोले देशलाई नै अपुरणीय क्षति पुगेको प्रतिकृया दिनुभयो । बाढी पहिरोले विस्थापित बनाएकाहरुको खोज, उद्धार तथा राहत ब्यवस्थापनमा सरकार कुनै कसर बाँकी नराख्ने समेत उहाँले बबताउनुभयो ।
बाढी पहिरोले थुप्रै ठाउँका पुलहरु बगाएकोले यातायात सम्पर्क विच्छेद भएकोले तत्काल पुल निर्माणमा सरकार लाग्ने प्रधान मन्त्री दाहालले बताउनुभयो । देशभर दर्जनको सङ्ख्यामा पुलहरु बगेकोले तत्काल यातायात सम्पर्क कायम गर्न बेली ब्रिज निर्माण गरिने समेत प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।
अनुगमन टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ, भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वाला, सहरी विकास मन्त्री सीता गुरुङ, संघीय सांसदहरु योगेश भट्टराई, बसन्तकुमार नेम्वाङ, दिपक खङ्का र कोशी प्रदेश सांसद राजेन्द्र कार्की लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया