प्रधानमन्त्रीलाई गरिएकाे ‘ब्रिफिङ’ प्रति पाँचखपनका मेयर असन्तुष्ट (भिडियाे सहित)



खाँदबारी । गत सनिबार राती हेँवा खाेलामा आएकाे बाढीकाे घटनाकाे अनुगमन गर्न प्रधान मन्त्री पुष्पकलम दाहाल सङ्खुवासभा आउनुभएकाे थियाे । हेलिकप्टरबाट अनुगमन टाेलीकाे नेतृत्व गर्दै तुम्लिङटार आउनुभएकाे प्रम दाहाललाई प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले घटनाकाे ब्रिफिङ दिनुभएकाे थियाे ।

जिल्ला विपद ब्यवस्थापन समिति संयाेजक समेत रहनुभएका कार्कीले बाढीले पुर्याएकाे क्षतिकाे बारेमा ब्रिफिङ दिनुभएकाे थियाे । प्रजिअ कार्कीले गर्नु भएकाे ब्रिफिङ प्रति सन्तुष्ट नरहेकाे प्रभावित स्थानीय तह पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले असन्तुष्टि ब्यक्त गर्नुभएकाे छ । प्रमुख राईले तुम्लिङटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै ब्रिफिङमा विभेद भएकाे बताउनुभएकाे हाे ।

घटनाबाट प्रभावित भएका नागरिक र क्षतिकाे वास्तविक जानकारी नगराईएकाे प्रमुख राईकाे गुनासाे छ । ब्रिफिङकाे क्रममा हेँवा खाेलामा निर्माणाधिन जलविद्युत आयाेजनामा पुगेकाे क्षतिकाे मात्र जानकारी गराईएकाे प्रमुख राईले बताउनुभयाे । घटनाकाे बारेमा बुझ्न प्रधानमन्त्री आउनुभएकाे बेला प्रभावित पालिकाकाे प्रमुखहरुलाई बाेल्ने अवसर नदिएकाेले प्रभावितहरुकाे वास्तविक जानकारी नपुगकाे राईकाे भनाई छ ।

 

सम्बन्धित समाचार