एनआरएनए पोर्चुगलमा जुट्यो सहमति, नवौं अधिवेशन एकताको अधिवेशन हुने



लिस्वन । गैरआवासीय नेपाली संघ, पोर्चुगल र अघिल्लो अधिवेशनबाट असन्तुष्ट भई बनेको अर्को समितिबीच एकताका लागि सहमति भएको छ । जुन २८ मा लिस्बनमा बसेको दुबै समितिको संयुक्त बैठकले उक्त सहमति गरेका हुन् ।

सहमति पत्रमा संघका तर्फबाट रबीन अधिकारी, उमेशकुमार खड्का र राजकुमार थापाले हस्ताक्षर गरेका छन् भने अर्को समूहको तर्फबाट सोमफुरी शेर्पा, बिनु बस्नेत र सुमन शर्मा चौंलागाईंले हस्ताक्षर गरेका छन् । १० बुँदा रहेको सहमति पत्रमा नाम र लोगो समायोजन गर्ने, एक अर्काविरुद्ध भए, गरेका कानुनी अवरोध समेत हटाउने उल्लेख गरेको छ ।

दुबै पक्षको सहमति अनुसार आगामी जुलाई ३० मा हुने राष्ट्रिय समन्वय समितिको नवौं अधिवेशनलाई संयुक्त रुपमा आयोजना गर्नेछ भने निर्वाचन समितिको संयोजक प्रेम खड्कालाई बनाउने निर्णय गरेको छ । जुन ३० सम्म दुबै समितिले वितरण गर्ने सदस्यतालाई कायम राखी जुलाई ७ सम्म एम‍.आई.एस. प्रणालीभित्र ल्याइने पनि सहमति भएको छ ।

त्यसैगरी सांगठनिक र आर्थिक प्रतिवेदन पनि दुबै समितिका महासचिव र कोषाध्यक्षहरुले संयुक्त निर्माण गरी प्रस्तुत गर्ने पनि सहमति भएको छ ।

हेर्नुहाेस् सहमति पत्र :

सम्बन्धित समाचार