खाँदबारी । चिचिला गाउँपालिका ४ बाहुन डाँडामा चुहिने घरमा बुद्धिमाया गुरुङ र उहाँका ‘क’ बर्गका अपाङ्गता भएकी छाेरी मात्र बसेकाे १५ बर्ष भयाे । १५ बर्ष अघि बेपत्ता भएका श्रीमान घर नफर्किएपछि घर छाउने मान्छे समेत भएन ।
छिमेकी आफन्तहरुले गाउँपालिका लगायत अन्यत्रबाट त्रिपाल ल्याई छानाे छाईदिएर जसाेतसाे बर्खा कटाउने गरेका थिए । यस बर्ष भने गाउँपालिकाले जस्ताकाे छानाे लगाईदिने भएकाे छ । यस अघि पनि फुसकाे छानाे हटाउने कार्यक्रममा सिफारिस गरि पठाए पनि छनाैटमा परेकाे थिएन । माथिल्लाे सरकारबाट आउने कार्यक्रममा समावेश नभएपछि यस बर्ष स्थानीय गाउँलेहरुकाे सहयाेगमा गाउँपालिकाले नै घरकाे छानाे फेरिदिने भएकाे हाे ।
अति विपन्न समेत रहेका गुरुङ आमाछाेरीकाे घर छाउनकाे लागि वडा अध्यक्ष बालकुमार तामाङले गाउँपालिकामा पहल गरेका थिए । सामाजिक विकास समिति संयाेजक समेत रहेका वडा अध्यक्ष तामाङकाे माग अनुसार विपद ब्यवस्थापन काेषबाट जस्तापाता र काँटी कब्जा खरिद गरेर प्रदान गरिएकाे गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयाे । उक्त जस्ता गुरुङकाे घरसम्म गाउँपालिकाले नै ढुवानी गरिदिएकाे समेत अध्यक्ष शेर्पाले जानकारी दिनुभयाे ।
ढुङ्गा र माटाेकाे गाह्राे रहेकाे गुरुङकाे घर छाउन स्थानीयले काठपात सहयाेग गरेकाे वडा अध्यक्ष तामाङले जानकारी दिनुभयाे । घर छाउनकाे लागि गाउँ टाेलकै मिस्त्रीहरुलाई अनुराेध गरेकाे र श्रमदानकै रुपमा उनीहरुले सहयाेग गर्ने कुरा भईसकेकाे अध्यक्ष तामाङकाे भनाई छ । एक दुई दिन भित्र नै जनप्रतिनीधि र कर्मचारीहरुकाे समेत श्रमदान रहने गरि घर छाउने तयारी गरिएकाे तामाङले जानकारी दिनुभयाे ।
याे बर्ष वडा नम्बर ४ ले २ अति विपन्न परिवारकाे घर निर्माण गरिदिएकाे छ भने गाउँपालिकाकाे विपद ब्यवस्थापन काेषबाट गाउँपालिकाकाे ४ परिवारलाई जस्ता पाता उपलब्ध गराईसकेकाे छ ।
प्रतिक्रिया