पोर्चुगलमा नेपाली महिला एकजुट बन्दै, दुई संस्थाबीच एकताको घोषणा



लिस्वन । सामाजिक संस्थाको रुपमा पोर्चुगलमा स्थापित नेपाली नारी समाज र नेपाली महिला समाजबीच एकता गर्ने सहमति गरेको छ ।

जुलाई २ मा लिस्बनमा बसेको दुई संस्थाको संयुक्त बैठकले एकता गर्ने निर्णय गरेको हो । सहमति पत्रमा नारी समाजको तर्फबाट अध्यक्ष सीता श्रेष्ठको सहमतिमा महासचिव पुनम गौतमले हस्ताक्षर गरेका छन् भने महिला समाजको तर्फबाट अध्यक्ष माया खरेल र महासचिव शान्ति अर्याल अधिकारीले हस्ताक्षर गरेका छन् ।

सहमतिसँगै नेपाली महिला समाजबाट अध्यक्ष र नारी समाजबाट महासचिव बनाउने निर्णयसहित अन्य पदहरु भागवण्डा गरेका छन् । दुई संस्थाको एउटै साझा उद्देश्य भएकोले सम्पूर्ण महिलाहरुलाई एकै छाना मुनी गोलबन्द गर्दै समतामूलक समाज निर्माण गर्न एकता गरिएको नेपाली महिला समाजका उपाध्यक्ष सरिता शर्माले जानकारी दिए ।

सम्बन्धित समाचार