एसईई संखुवासभा: साधारण धार तर्फ हिमालय मावि खाँदबारीका प्रसिद्ध थापा बने जिल्ला प्रथम



खाँदबारी । हालै सार्वजनिक भएकाे एसईई परिक्षाकाे नतिजा अनुसार संखुवासभामा हिमालय माध्यमिक विद्यालयका प्रसिद्ध थापा जिल्ला प्रथम भएका छन् । ३.८ जिपिए सहित थापा जिल्ला प्रथम बनेका हुन् ।

खाँदबारी १ का थापाले अनिबार्य अंग्रेजीमा ४ जिपीए ल्याएका छन् । त्यस्तै, अनिबार्य नेपालीमा ३.६, अनिबार्य गणिता ४, विज्ञानमा ३.६, सामाजिक अध्ययनमा ३.६ जिपिए ल्याएका छन् ।

स्वास्थ्य, जनसंख्या तथा शिक्षामा ३.६, ऐच्छिक गणितमा ४ र कम्प्युटर विज्ञानमा ४ जिपिए ल्याएकाे हिमालय माविका सुचना अधिकारी भरत कुलुङले जानकारी दिनुभयाे ।

उनका बुवा राजेन्द्र थापा पिएचडी स्कलर हुन्  भने आमा करुणा थापा शिक्षिका हुन् ।

जिल्लाकाे प्राविधिक धार तर्फ भने मादी माध्यमिक विद्यालयका सुगम ढकाल जिल्ला प्रथम भएका छन् । उनले पनि ३.८ जिपए ल्याएका छन् ।

 

सम्बन्धित समाचार