कसुवाखाेला जलविद्युत आयाेजनाका प्रभावित जनता आन्दाेलित (भिडियाे सहित)



खाँदबारी । संखुवासभाकाे मकालु गाउँपालिका २ र ३ काे विचमा रहेकाे ४५ मेगावाट क्षमताकाे कसुवाखाेला हाईड्राे पावर आयाेजना क्षेत्रका नागरिकहरु आन्दाेलित भएका छन् । आयाेजनाले स्थानीय नागरिकहरुसँग कुनै परामर्श विना आफुखुसी आयाेजना सञ्चालन गर्न सुरु गरेकाे भन्दै आन्दाेलन सुरु गरेका हुन् ।

स्थानीयले स्थानीय नुर्वू शेर्पाकाे अध्यक्षतामा सराेकार समिति नै गठन गरेर आन्दाेलन सुरु गरेका छन् । समितिले शुक्रबार जिल्ला सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलनकाे आयाेजना गरि नागरिकहरुकाे आवाज सुनुवाई नभए आयाेजना बन्न नदिने बताएका छन् । निर्माण पक्षले स्थानीयसँग समन्वय गरेर आयाेजना सुरु गर्नु पर्नेमा डर धम्की देखाउँदै जबरजस्ती आयाेजना सञ्चालन गर्न सुरु गरेकाे अध्यक्ष शेर्पाले बताउनुभयाे ।

आयाेजनाले स्थानीयलाई उचित मुआब्जा नदिई साेझा सिधा जनताबाट जग्गा लिएकाे र कतिपय ठाउँहरुमा मुआब्जा नदिएकाे ठाउँमा समेत सडक खनिएकाे अध्यक्ष शेर्पाले बताउनुभयाे । आयाेजना सञ्चालन गर्नुपूर्व स्थानीय जनतासँग राय, सल्लाह र समन्वय गरि सार्बजनिक सुनुवाई गरि आयाेजना सञ्चालन गर्नु पर्नेमा हेपाहा प्रबृत्ति देखाएकाे अध्यक्ष शेर्पाले बताउनुभयाे ।

यस विषयमा छलफलकाे लागि आयाेजनालाई पटक पटक पत्राचार गरिए पनि उनीहरुले बेवास्ता गरेकाे समितिका अध्यक्ष शेर्पाकाे भनाई छ । आयाेजना निर्माण पक्षले स्थानीयसँग छलफल गरि सहमित पश्चात मात्र आयाेजना अगाडी बढाउन दिने अध्यक्ष शेर्पाकाे भनाई छ ।

समितिले जिल्ला प्रसासन कार्यालय, मालपाेत कार्यालय, गाउँपालिका कार्यालय लगायतका सम्बन्धित निकायहरुमा ज्ञापन पत्र समेत बुझाईसकेका छन् ।

सम्बन्धित समाचार