सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विनोदसिंह विष्ट चोरी आरोपमा पक्राउ परेका छन् । याेजना उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरी गरेकाे आरोपमा उनी सहित ३ जना प्रहरीले पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत डीएसपी लक्ष्मण शाहीले भने वडाध्यक्ष सहित तीन जनालाई हामीले नियन्त्रणमा लिएका छौं । उहाँहरुमाथी उपभोक्ता समितीको रकम चोरीको आरोपछ,’ डीएसपी शाहीले अनलाइनखबरसँग भने ।
प्रहरीका अनुसार वडाध्यक्ष विष्टसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरेर फरार भएको उजुरी बिहीबार प्रहरीमा परेको थियो । वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले खोर्के खोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख छ ।
गुरुङ र शाही शनिबार नै पक्राउ परेका थिए । उनीहरुले वडाध्यक्षलाई दुई लाख रकम दिएको प्रहरी समक्ष स्वीकारसमेत गरेका थिए ।
बिहीबार दिउँसो ३ बजेतिर टोल समिति अध्यक्षको घरबाट उनीहरुले रकम लिएको प्रहरीले जनाएको छ । उनीहरुले काम सिध्याई बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य दिपा खड्काले बताइन् ।
वडाध्यक्ष विष्ट यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिवलाई मुक्का हानेर चर्चामा आएका थिए । विष्ट नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
प्रतिक्रिया