एनआरएनए पोर्चुगललाई लाग्यो अधिवेशन, अध्यक्षका आकांक्षीहरु समर्थन जुटाउन शक्ति केन्द्र धाउँदै



लिस्वन । गैरआवासीय नेपाली संघ, पोर्चुगलको सदस्यता वितरण सकिएसँगै नवौं अधिवेशनका लागि अध्यक्षका आकांक्षीहरु खुल्न थालेका छन् । हुन त निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छैन तर अधिवेशन जुलाई ३० मा हुने निश्चित भएपछि आकांक्षीहरु खुल्न थालेका हुन् ।

निर्वाचन समितिका संयोजक प्रेम खड्काले समितिले पूर्णता पाउँन साथ वैठक बसेर निर्वाचनको कार्यतालिका बनाउने जानकारी दिनुभयाे । उम्मेद्वार घोषणा गरेका तथा चर्चामा आएका अध्यक्षका आकांक्षीहरुमा राजनीतिक दलहरुसँग आवद्ध समितिका कार्यकर्ताहरु अग्रपङ्तिमा रहेका छन् ।

विगतका सबै अधिवेशनहरुमा हावी हुँदै आएको नेपाली जनसम्पर्क समितिमा धेरै आकांक्षीहरु छन् । आकांक्षी धेरै भएपनि संघका बहालवाला अध्यक्ष रबिन अधिकारी पुनः सोही पदमा उम्मेद्वार नहुने भएपछि यामेन्द्र कुमार घर्ति र दीपा काफ्ले मध्ये एक जना जनसम्पर्क समितिको आधिकारिक उम्मेद्वार हुनसक्ने छ । संघको पूर्व सचिव समेत रहिसक्नुभएका प्रष्टवक्ता र निडर स्वभावका घर्ति एनआरएनए भित्र ‘सहमति, सहकार्य र बलियो एकता’ आफ्नो अभियान भएको बताउँनुहुन्छ । हालका उपाध्यक्ष दीपा काफ्ले आफू संघर्षबाट आएकी एक महिला भएकाले सबैले साथ दिने दावी गर्नुहुन्छ । यस विषयमा चाँडै जनसम्पर्क समितिको बैठक बसेर निर्णयमा  पुग्ने एक सदस्यले जानकारी दिएका छन् ।

यता संघका महासचिव राजकुमार थापा आफ्नो नाममा सहमति जुटाउन लागि पर्नुभएकाे छ । आफ्नो योगदान र कृयाशिलताका कारण सहमति जुट्ने उहाँको दावी छ । उहाँ प्रवासी नेपाली मञ्चसँग निकट हुनुहुन्छ। त्यसो त मञ्चसँग नै निकट रोबोट लिम्बूको पनि नाम चर्चामा आएको छ । विध्यावारिधिको शोधकर्ता समेत रहेको लिम्बू बौध्दिक व्याक्तित्व मानिन्छ ।

अर्का अध्यक्षका आकांक्षी उमेश खड्काले पनि आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएकाे छ । खड्का अहिलेकाे समितिमा उपाध्यक्ष हुनुहुन्छ । त्यसैगरी बिनु बस्नेत र प्रकाश गजमेरले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

अध्यक्षका आकांक्षीहरुले उम्मेद्वारी घोषणासँगै नतिजा आफ्नो पक्षमा ल्याउन शक्ति केन्द्र धाउँन पनि थालेका छन् । अहिलेका अध्यक्षहरु रबिन अधिकारी र सोमफूरी शेर्पाको समर्थन जुटाउनेदेखि पूर्व अध्यक्षहरु पूर्ण हमाल, रमेश गुरुङ, लक्ष्मीप्रशाद सापकोटा र तिलक गैरेको समर्थन जुटाउन बिहान-बेलुकी घरदैलोमा धाउँनेहरुको लर्को पनि लाग्ने गरेको छ ।

भलै, निर्वाचनको निर्णय जनताले गर्ने छन्, त्यसका लागि भने जुलाई ३० सम्म पर्खनै पर्छ।

सम्बन्धित समाचार