अरुण तेश्रो प्रसारण लाईन प्रभावितहरुले गृहमन्त्रीलाई बुझाए ज्ञापन पत्र



काठमाडौं । संखुवासभा जिल्लाभित्र निर्माणधिन अरुण तेस्रो जलविद्युत आयोजना अन्तर्गत ४०० केबी प्रशारण लाइनको मुआब्जा दर बारे असन्तुष्ट बनेका प्रभावितहरुले उपप्रधान एवं गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

शुक्रवार सिंहदरबारमा मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर कानूनसम्मत रुपमा मुआब्जा वितरण नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले मुआब्जा निर्धारण समितिले गरेको संखुवासभा जिल्लाभित्र निर्माणधिन अरुण तेस्रो जलविद्युत आयोजना अन्तर्गत ४०० केबी प्रशारण लाइन बिस्तार गर्न ५९ वटा टावरहरु निर्माण गर्नुपर्ने र त्यो मध्ये खाँदबारी नगरपालिका अन्तर्गतका १४ वटा टावर निर्माण गर्ने जग्गाको मुआब्जा निर्धारण गरिएकोमा सम्बन्धित जग्गा धनीहरुसँग त्यो निर्णय गर्नुपूर्व कुनैपनि छलफल नगरिएको र आम सरोकारवालाहरुले छलफल गरी पाउँ भनेर निवेदन गर्दा पनि बेवास्ता गरी एकलौटी ढंगबाट मुआब्जा निर्धारण समितिको बैठक बसाएर मुआब्जा निर्धारण गरी सार्वजनिक गरेपछि बाध्य भएर सिंहदरबार धाउनुपरेको बताए ।

ज्ञापनपत्र बुझाएपछि मकालु अनलाईनसँग कुरा गर्दै मुआब्जा सरोकार समितिका संयोजक छत्रमणि काफ्लेले भेटमा गृहमन्त्री श्रेष्ठले प्रक्रिया न्यायसंगत छ वा छैन बुझेर थप गतिविधि कानूनअनुसार अघि बढ्ने बताएको जानकारी दिए ।

सम्बन्धित समाचार