संखुवासभामै हेल्थ एसिष्टेन्ट र ल्याब टेक्निसियन पढाई हुने 



खाँदबारी । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा यस बर्ष पनि हेल्थ एसिष्टेन्ट (एच्ए) र ल्याव टेक्निसियन अध्यापन हुने भएकाे छ । मकालु टेक्निकल ईन्स्टिच्यटले ४० जनालाई एच्ए र ३० जनालाई ल्याब टेक्निसियन विषय अध्यापन गराउन लागेकाे हाे ।

प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद (सिटिईभिटी) बाट सम्बन्धन प्राप्त यस ईन्स्टिच्युटले अघिल्लाे बर्षबाट उक्त विषयहरुमा अध्यापन गराउन थालेकाे हाे । यस बर्ष दाेश्राे ब्याचकाे लागि असार २९ देखि साउन १२ गतेसम्म फारम खुलाएकाे छ । फारम भर्नेहरुकाे साउन २४ गते प्रवेश परिक्षा लिईनेछ । प्रवेश परिक्षा सिटिईभिटीले लिने ईन्स्टिच्यटले जनाएकाे छ । प्रवेश परिक्षामा सफल हुने मध्ये एच्ए तर्फ ४ र ल्याब टेक्निसियन तर्फ ३ जनालाई शतप्रतिशत छात्रबृत्ति समेत दिईने बताईएकाे छ ।

विगतमा एचए र ल्याब टेक्निसियन पढ्न धनकुटा, धरान, ईटहरी, विराटनगर, काठ्माण्डाै जस्ता जिल्लाहरु धाउनु परेकाेमा हाल सङ्खुवासभामा नै यी विषयहरु पढ्न पाउने सुविधा आएकाे ईन्स्टिच्यटका प्रिन्सिपल सुमन कुलुङले जानकारी दिनुभयाे । भाेजपुर र सङ्खुवासभा लगायतका विद्यार्थीहरुका लागि याे सुनाैलाे अवसर रहेकाे समेत कुलुङकाे दावी छ । टाढा पढ्न जाँदा खाँदबारीमा हुने भन्दा दाेब्बर खर्च लाग्ने समेत उहाँले बताउनुभयाे ।

खाँदबारीमा अध्यापन गर्दा एचए तर्फ करिव ५ लाख र ल्याब टेक्निसियन तर्फ ४ लाख रुपैयाँ खर्चमा काेर्ष पुरा हुने र उक्त रकम एकै पटकमा तिर्न नपर्ने कुलुङले बताउनुभयाे । विद्यार्थीले तिर्नु पर्ने पहिलाे किस्तामा रकम अपुग भए पनि पछि तिर्ने सर्तमा मिलान गर्न सकिने कुलुङले जानकारी दिनुभयाे । यस ईन्स्टिच्यटमा सवै विषय अनुभवी चिकित्सकहरुबाट अध्यापन गरिने कुलुङकाे दावी छ ।

यस विषय पढ्नकाे लागि एस्ईईमा गणित, अंग्रेजी र विज्ञान विषय लिएर पढेकाे हुनु पर्ने र समग्रमा जिपिए २ ल्याएकाे हुनु पर्नेछ । यहाँ अध्ययन गर्ने विद्यार्थीहरुलाई ५० र २०० शैयाकाे अस्पतालमा  प्रयाेगात्मक सिपका लागि पठाईने बताईएकाे छ । पछिल्लाे समय एच्ए र ल्याब टेक्निसियन विषय पढेकाे जनशक्तिकाे माग उच्च रहेकाेले राेजगारीकाे सुनिश्चितता रहेकाे प्रिन्सिपल कुलुङकाे दावी छ ।

 

सम्बन्धित समाचार