खाँदबारी । खाँदबारी बजार क्षेत्रकाे विद्युत पाेलमा रहेकाे प्रयाेग विहिन तारहरु हटाईने भएकाे छ । खाँदबारी युथ क्लव खाँदबारीकाे अगुवाईमा मंगलबार उक्त तारहरु हटाईने भएकाे हाे ।
विगतमा केबुल नेटवर्क प्रदायकहरु, ईन्टरनेट प्रदायकहरुले विद्युतकाे पाेलमा तार टाँगेकाे र हाल प्रयाेग नभएकाे तारकाे पहिचान गरि हटाईने खाँदबारी युथ क्लवका महासचिव सुरेन शाक्यले जानकारी दिनुभयाे । उक्त कार्यका लागि दुर सञ्चार प्राधिकरण खाँदबारीका प्रमुख प्रेम राई, खाँदबारी नगरपालिका १ का वडा अध्यक्ष निरञ्जन श्रेष्ठ लगायतसँग परामर्श भई सकेकाे समेत शाक्यले जानकारी दिनुभयाे ।
हाल प्रयाेग भईरहेकाे र प्रयाेगमा नरहेकाे तारकाे पहिचानकाे लागि खाँदबारीका ईन्टरनेट सञ्चालकहरुलाई समेत खबर गरिएकाे र तार हटाउने कार्यमा जुट्न अनुराेध गरिसकिएकाे शाक्यले मकालु अनलाईनलाई जानकारी दिनुभयाे ।
बजार क्षेत्रका विद्युत पाेलहरुमा अनावश्यक तारहरु लत्रिदा बजार क्षेत्र कुरुप देखिएकाेले प्रयाेगमा नरहेका तारहरु हटाउन लागिएकाे खाँदबारी युथ क्लवले जनाएकाे छ ।
प्रतिक्रिया