सहरी विकास मन्त्री सीता गुरुङसँग कुरा गर्नुहुँदै नगरप्रमुख राई ।
खाँदबारी । गत असार २ मा संखुवासभाकाे हेँवा खाेलामा आएकाे बाढीले बगाएकाे पुलहरु पुन:निर्माणका लागि पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले संघीय मन्त्रीहरुसँग भेटघाट थाल्नुभएकाे छ । संघीय सांसद दिपक खड्का नेतृत्वकाे टाेली बनाएर पुल पुन:निर्माणकाे लागि मन्त्रीहरुसँग भेटघाट तथा छलफल थाल्नुभएकाे छ ।
बुधबार टाेलीले भाैतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेटेका छन् । हिजाे मंगलबार टाेलीले सहरी विकास मन्त्री सिता गुरुङलाई पनि भेटेका थिए । बाढी पहिराेले पुल भत्काएकाे महिनादिन वित्दा पनि पुन:र्निमाणमा चासाे नदेखिएपछि मेयर राईले माथिल्लाे निकायमा छलफल सुरु गर्नुभएकाे हाे ।
सांसद दिपक खड्का नेतृत्वकाे टाेलीद्वारा भाैतिक पुर्वाधार मन्त्री प्रकाश ज्वालासँग भेटवार्ता । तस्विर: सांसद खड्काकाे सचिवालय
छलफलमा संखुवासभाबाट निर्वाचित संघीय सांसद दिपक खड्काकाे नेतृत्वमा जिल्ला नेताहरु सहितकाे टाेलीले मन्त्रीहरुलाई भेट्ने काम भईरहेकाे नगर प्रमुख राईले मकालु अनलाईनलाई जानकारी दिनुभयाे । निर्माण भईसकेका र निर्माणकाे अन्तिम चरणमा रहेकाे पुल बाढीले बगाएपछि सिर्जित समस्याकाे बारेमा जानकारी गराउँदै तत्काल पुल निर्माण गर्न पहल गरिएकाे नगर प्रमुख राईले जानकारी दिनुभयाे ।
तत्काल यातायात सुचारु गर्नका लागि बेलिब्रिज निर्माण गर्ने विषयमा मन्त्रीहरुसँग कुरा नगर प्रमुख राईले जानकारी दिनुभयाे । पुल निर्माणकाे लागि सम्बन्धित अन्य मन्त्रालयहरुसँग छलफल गरेर तत्काल निर्माण प्रकृया अगाडी बढाउने आश्वासन प्राप्त भएकाे समेत राईले जानकारी दिनुभयाे ।
प्रतिक्रिया