सडककाे बजेट काटिएपछि थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष पुग्याे उच्च अदालत



सोलुखुम्बु । काेशी प्रदेशका मुख्य मन्त्री हिक्मतबहादुर कार्कीले आफ्नो गाउँपालिका जाने सडक कालोपत्रे गर्ने योजना कटौती गरेको भन्दै थुलुङ दुधकाेशी गाउँपालिका अध्यक्ष असिम राईले उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराउनुभएको छ ।

सरकारले आर्थिक वर्ष २०७९।०८० को बजेटमा समावेश भएकाे ५० करोड रुपैयाँ बराबरको सडक कालो पत्रे गर्ने बजेट कटौती गरेपछि उहाँ अदालत पुग्नुभएको हाे ।

गत आर्थिक वर्षमै बहुबर्षे आयोजनाका रुपमा समाबेश भई आर्थिक मामिला तथा योजना मन्त्रालयबाट श्रोत सुनिश्चित गरिएको आयोजना खारेज भएपछि पुन: कायम गराई पाउँ भनि निवेदन दर्ता गराएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

नेलेदेखि गाउँपालिका केन्द्र मुक्लीसम्मको करिव ८ किलोमिटर सडक कालोपत्रेका लागि योजना छनौट भएपछि यहाँका नागरिक हर्षित भएका थिए । तर एकाएक बजेट कटाैती गरिएपछि पालिकावासी समेत दुखि बनेकाे पालिका अध्यक्ष राईकाे भनाई छ ।

उक्त सडकखण्ड कालो पत्रे नुहँदा थुलुङदुधकोशी गाउँपालिका सहित सोताङ र महाकुलुङ गाउँपालिका आवतजावत गर्ने यात्रुले समेत सास्ती पाइरहेका छन् ।

सम्बन्धित समाचार