इटहरीका २ बाेर्डिङ स्कुलकाे सञ्चालन अनुमति रद्द



इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरीमा सञ्चालित २ वटा संस्थागत विद्यालयको अनुमति रद्द गर्ने निर्णय गरेको छ ।

विद्यार्थीलाई दिइने छात्रवृत्तिसम्बन्धी विवरण नबुझाएको भन्दै इटहरी नमुना स्कुल र इटहरी चिल्ड्रेन स्कुलको सञ्चालन अनुमति खारेज गरेको हो ।

विद्यालयले उपलब्ध गराएको छात्रवृत्तिसम्बन्धी विवरण पेस गर्न सूचना गर्दै यसअघि उपमहानगरले पचात्रार गरेको थियो । पटक पटक पत्र पठाउँदा पनि छात्रवृत्ति सम्बन्धी विवरण तोकिएको समयावधिभित्र पेस नगरिएपछि असार २९ गते बसेको नगर शिक्षा समितिको बैठकको बैठकले इटहरी नमुनालाई ५० हजार र इटहरी चिल्ड्रेन होमलाई एक लाख जरिवानासहित विवरण पेस गर्न पत्राचार गरेको थियो ।

सो समयावधिमा पनि विवरण पेस नभएकाले शैक्षिक सत्र २०८० देखि लागू हुने गरी ती दुवै विद्यालयको अनुमति खारेज गरेको सुबेदीले जानकारी दिए । इटहरी नमुनाले पूर्व प्राथमिक तहदेखि ६ सम्म र चिल्ड्रेन होमले १० कक्षा सम्म पठनपाठन गराउँदै आएको छ ।

सम्बन्धित समाचार