एनआरएनए पोर्चुगलको निर्वाचन प्रक्रिया अवरुध्द



लिस्वन । गैरआवसीय नेपाली संघ पोर्चुगलको निर्वाचन प्रक्रिया अवरुध्द भएको छ ।

निर्वाचन समितिका संयोजक प्रेम खड्काका अनुसार संघको राष्ट्रिय समन्वय समितिको अनुरोधमा दर्ता प्रक्रिया केही समयका लागि स्थगित गरिएको हाे ।

निर्वाचन समितिले जुलाई ३० मा हुने अधिवेशनका लागि २६ जुलाईमा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिका अनुसार आज (शुक्रबार) अपरान्ह ४ बजेसम्म उम्मेद्वारी दर्ता समय तोकिएको थियो ।

याे समाचार तयार पार्दासम्म अध्यक्षमा यामेन्द्र घर्ती मगर, महासचिवमा भरत मगर र सदस्य पदमा गोविन्द शर्माले मात्र उम्मेद्वारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित निर्वाचन तालिका अनुसार नियमित प्रक्रिया रोकिनु दुःखद भएको अध्यक्षका प्रत्यासी उमेद्वार यामेन्द्र घर्तीकाे प्रतिकृया छ । निर्वाचनकाे प्रकृया तुरुन्त सुचारु गरेर निर्धारित समयमा अधिवेशन सम्पन्न गर्नु पर्ने घर्तीकाे माग छ ।

सम्बन्धित समाचार