कोशी प्रदेशका १२ जिल्लामा डेंगु



लामखुट्टेबाट सर्ने डेंगु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन्।

कोशी प्रदेशमा एक महिनाको अन्तरालमा डेंगुबाट ९ जनाको मृत्यु भएको छ। ​ सबैभन्दा धेरै तराईका जिल्ला प्रभावित भएका छन् जसमा सुनसरी र मोरङ जिल्ला प्रभावित रहेका छन्। सुनसरीमा हालसम्म चार हजार ७४१ जना सङ्क्रमित भएका छन्।

त्यस्तै मोरङमा एक हजार १७१ जना संक्रमित भएका छन्। झापामा ५२८ जना संक्रमितछन्। तराईसँग जोडिएका जिल्लामा उदयपुर र धनकुटा सबैभन्दा बढी प्रभावित छन्। उदयपुरमा १८३ र धनकुटामा १३७ जनालाई डेंगु लागेको छ। त्यसपछि भोजपुरमा ९०, सङ्खुवासभा ८९, तेह्रथुममा ६७, इलाम ३५, पाँचथर १६, ताप्लेजुङ १२ र खोटाङमा चारजना डेंगु सङ्क्रमित रहेको कार्यालयले जानकारी दिएको छ।

सोलुखुम्बु र ओखलढुङ्गामा भने हालसम्म रोग देखा नपरेको निर्देशनालयले जानकारी दिएको छ।

 

 

सम्बन्धित समाचार