खाँदबारी । गायन रियालिटी शाे मेराे भ्वाईस युनिभर्सकाे फाईनल चरणमा प्रवेश गरेका परेश राई यस बेला गृह जिल्ला संखुवासभामा छन् । शनिबार खाँदबारी आएका परेश दिनभर भाेट माग्न मै ब्यस्त भए ।
खाँदबारी बजार क्षेत्रमा संक्षिप्त घरदैलाेमा खटिएका परेश दिउँसाे भने परेस जिता जिताऔं अभियानका अभियान्ताहरुले आयाेजना गरेकाे साँगीतिक कार्यक्रममा ब्यस्त भए । उनले करिव आधा दर्जन गीत गाएर सवै सामु भाेटकाे अपिल गरे । यस पटककाे अन्तिम पटक भाेट दिन पाउने अवसर भएकाेले सवैले सकेकाे सहयाेग गर्न उनले आग्रह गरे ।
उनले माेबायलबाट माई ईन्ट्रा एप डाउनलाेड गरेर त्यसबाट भाेट लगाउन सकिने बताए । उक्त प्रविधि नजानेकाहरुले आफैलाई समेत सम्पर्क गर्न सक्ने तथा आधिकारीक अभियान्ताहरुलाई भाेट रकम नै समेत उपलब्ध गराउ सकिने जानकारी दिए । यस पटककाे प्रतिष्पर्धामा विजेता बने नेपाली माैलिक गीत संगीतकाे संरक्षण तथा प्रवर्धनमा लाग्ने समेत राईले प्रतिवद्धता दाेहाेर्याए।
राई आईतबार (आज) चैनपुरमा आयाेजित कार्यक्रममा सहभागी हुने छन् भने भाेलीदेखि पुर्वका विभिन्न स्थानहरुकाे कार्यक्रममा सहभागी जनाई भाेट माग्नेछन् । भाेट भदाै २ गतेसम्म गर्न सकिने छ ।
काे हुन् परेश राई ?
संखुवासभा जिल्लाकाे चैनपुर नगरपालिका १० ईकुम्बामा जन्मिएका परेशले खराङ स्थित सारदा माविबाट एसएलसी उत्तिर्ण भए । २०६९ मा एसएलसी सकेपछि धरान गएर मानविकी संकायबाट दश जाेड दुई उत्तिर्ण गरे ।
सानै उमेरदेखि गीत संगीतमा रुचि रहेकाे परेशले विद्यालय उमेरदेखि नै विभिन्न सानातिना कार्यक्रमहरुमा सहभागीता जनाउँदै आएका थिए। धरानमा संगीत विषय पढ्न नपाएपछि उहाँ काठ्माण्डाै हानिए । काठ्माण्डाै स्थित मातातिर्थ क्षेत्रमा दिदिकाे घरमा बसेर उनले आरआर क्याम्पसमा संगीत विषय अध्ययन गरिरहेका छन् । अहिले उनी संगीत विषयकाे तेश्राे बर्षमा अध्ययनरत छन् । २४ बर्षीय परेश ४ दाजु र ४ दिदिकाे कान्छाे भाई हुन् ।
सुरु सुरुमा सानातिना कार्यक्रमहरुमा भाग लिँदै गरेका उनी २०७१ मा रेडियाे नेपालले आयाेजना गरेकाे खुल्ला आधुनिक गीत प्रतियाेगितामा पुर्वाञ्चल विजेता बने। त्यस्तै अर्काे गायन रियालिटी साे भाेईस अफ नेपालकाे पछिल्लाे सिजनमा नकाउट चरणबाट बाहिरिएका थिए ।
प्रतिक्रिया