खाँदबारी । चिचिला गाउँपालिका ४ भुङ्गुमा टाेलका ३५ बर्षीय एकल महिला चन्द्र कुमारी राईकाे उपचारकाे लागि आर्थिक अभाव भएकाे छ । परिवारकाे सदस्यकाे रुपमा ७ बर्षका एक छाेरी मात्र रहेकाे राईकाे फाेक्साेमा पानी जमेपछि उपचार गर्न आर्थिक अभाव भएकाे हाे ।
सुरुमा समस्या देखिएपछि खाँदबारी अस्पतालमा उपचार गराउन आउनु भएकाे थियाे । उपचार गर्न जटिल भएकाे भन्दै खाँदबारी अस्पतालले ठुलाे अस्पतालमा रेफर गरेपछि धरान स्थित विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घाेपा क्याम्प)मा लगिएकाे थियाे । अहिले घाेपा क्याम्पमा उहाँकाे उपचार भईरहेकाे उपचारमा सहयाेग गरिरहेका स्थानीय छिमेकी राजमान राईले जानकारी दिनुभयाे । उहाँसँग भएकाे सिमित खर्च सकिएकाेले सहयाेगकाे अनुराेध गरिएकाे राईले जानकारी दिनुभयाे ।
बिरामी राईकाे उपचारमा सहयाेग गर्न चिचिला गाउँपालका वडा नम्बर ४ ले पनि अपिल गरेकाे छ । बिरामी राई निम्न बर्गकाे रहेकाे र एकल समेत रहेकाेले आर्थिक स्थिति कमजाेर रहेकाे वडा अध्यक्ष बालकुमार तामाङले जानकारी दिनुभयाे । अचानक बिरामी भएका राईकाे उपचारकाे लागि सहयाेग गर्न वडा अध्यक्ष राईले अनुराेध गर्नुभयाे ।
हाल आफ्नै अगुवाईमा आर्थिक सहयाेग सङ्कलन सुरु भईसकेकाे वडा अध्यक्ष तामाङले जानकारी दिनुभयाे । सङ्कलित रकम केहि दिन भित्र नै पठाईने उहाँकाे भनाई छ । बिरामी राईलाई गाउँपालिकाले पनि सहयाेग गर्ने गर्ने भए पनि उक्त रकम पर्याप्त नभएकाेले आफ्नै नेतृत्वमा सहयाेग संकलन सुरु गरेकाे उहाँले बताउनुभयाे ।
बिरामी राईकाे श्रीमानकाे एक बर्ष अघि मृत्यू भएकाे थियाे । राईकाे सासुससुरा यस अघि नै बितिसकेका छन् ।
प्रतिक्रिया