परराष्ट्र मन्त्री साउदले भन्नुभयाे: प्रधानमन्त्रीको चिन भ्रमणपछि किमाथाङ्का नाका खुल्छ



तुम्लिङटार विमान स्थलमा मन्त्री साउदलाई स्वागत गरिदै ।

खाँदबारी । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आसन्न चिन भ्रमणपछि बन्द रहेको उत्तरी नाका खुल्ने  बताउनुभएको छ । भारतीय सहयोगमा निर्मित हिमालय किरण पब्लिक क्याम्पसको भवन उद्घाटन गर्न खाँदबारी आउनुभएको मन्त्री साउदले यस्तो बताउनुभएको छ ।

किमाथाङ्का लगायतका चिन र नेपाल विचको नाका नखुल्दा नेपाली नागरिकहरुलाई असहज पैदा भएको बारे सरकारलाई राम्रो जानकारी भएकोले भ्रमणको क्रममा प्राथमिकतामा राखिएको बताउनुभयो । चिन र नेपाल विचको नाका नखुल्दा चिनिया बजारको भरमा बसेका नेपालीहरुले समस्या भोग्दै आएको उहाँले बताउनुभयो ।

कोरोना भाईरसको संक्रमण सुरुभएसँगै बन्द गरिएको नाका खोल्न चिनिया पक्ष पनि सकरात्मक रहेको मन्त्री साउदले बताउनुभयो । ‘केहि कुराहरु मन्त्री स्तरबाट पनि भएको छ, प्रधानमन्त्री ज्यू नेतृत्वको भ्रमण पछि पुर्ण रुपमा खाका खोलिन्छ’, मन्त्री साउदले भन्नुभयो । नाका खुलेसँगै सिमा क्षेत्रका नागरिकहरुको दैनिक सहज हुने मन्त्री साउदले बताउनुभयो ।

सम्बन्धित समाचार