विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा सबभन्दा ठूलो दलको नेता हिक्मतकार्कीलाई नियुक्त गर्न आदेश दिएको छ।
यससँगै उद्धव थापाले लिएको विश्वासको मत दोस्रो पटक असंवैधानिक रहेको ठहर गर्दै बदर गरिदिएको छ । उनलाई यस पटक पदमुक्त हुने आदेश दिएको हो । थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् ।
न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले मुख्मन्त्री थापालाई पदमुत्त गरेको हो ।
पुर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ ।
प्रतिक्रिया