बझाङमा ६.३ रेक्टरको अर्को भूकम्प



काठमाडौं । पश्चिम नेपालमा आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको गएको छ ।

आज मङ्गलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर सो भूकम्प भएको भूकम्पविद् डा. लोकविजय अधिकारीले बताउनु भयो ।

यसअघि २ बजेर ४० मिनेटमा बझाङ जिल्लाकै तालकोट आसपास भएर ५:३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियो ।

सम्बन्धित समाचार