लिस्वन । पोर्चुगलमा राजदूतावास नहुँदा म्याद गुज्रिएर राहदानी नवीकरण गर्न नपाएका नेपालीहरु धेरै थिए । राहदानी हराएका वा विविध कारणले राहदानी गुमाएका व्याक्तिहरुका लागि त झन् निकै पीडा थियो । तर गत मार्चको अन्त्यमा परराष्ट्र मन्त्रालयको घुम्ती टोली आएपछि निकै राहत मिलेको थियो । तिनै घुम्ति टोली ल्याउन पहलकदमी चाल्ने मुख्य अगुवा थिए, रबीन अधिकारी ।
युरोपमा बेलायतपछि धेरै नेपालीहरु बसोबास गर्ने पोर्चुगलको नेपाली समूदायमा आइपर्ने समस्या समाधानका लागि सधैं अग्रपङ्तिमा रहने अधिकारी यूवाहरुबीच अत्यन्तै लोकप्रिय छन् । अधिकारी पोर्चुगलमा सकारी घुम्ती टोली मात्र नभई राजदूतावास स्थापना गर्ने अभियानका अभियन्ता पनि हुन् ।
गैरआवासीय नेपाली संघ, पोर्चुगलका निवर्तमान अध्यक्ष समेत रहेका अधिकारी अक्टोबर १७ देखि २० सम्म हुने संघको महाधिवेशनमा अन्तर्राष्ट्रिय समन्वय परिषदको यूवा संयोजक पदका लागि उम्मेद्वारी दिने तयारीमा छन् । एक मिडियाले गरेको प्रारम्भिक मत सर्वेक्षणमा पनि उनको पल्लाभारी हुने देखिएको छ । पोर्चुगलमा सफल व्यवसाय गरिरहेका उनले निर्वाचनलाई नै लक्ष्यित गरी अन्य देशहरुको भ्रमणसमेत गरिसकेका छन् ।
पोर्चुगलमा रहेका स्थानीय पत्रकारहरुसँग साक्षात्कार पश्चातकाे तस्विरमा अधिकारी (बाँयाबाट चाैथाे) ।
सरल र इमान्दार स्वभावका अधिकारीले यूवा संयोजक निर्वाचित भएपछि अग्रज र यूवाबीच पुलको काम गर्दै संघलाई यूवा केन्द्रीत बनाउने लक्ष्य राखेको बताउनु हुन्छ।
बिश्वभर छरिएर रहेका यूवाहरुलाई एउटै सञ्जालमा जोड्दै उनीहरुको सीप विकासमा ध्यान दिनु पर्ने उनको जोड छ । यसका लागि एकअर्कामा भएका सीप र ज्ञानलाई आदानप्रदान गर्दै सक्षम यूवा जमात तयार गर्न कार्ययोजना नै बनाएको बताउनुहुन्छ । त्यसो त भाषा, संस्कार, संस्कृतिमा यूवाहरुलाई आकर्षित गर्न विशेष योजना तयार गरेका छन् । त्यसैगरी खेलकुदको माध्यमबाट यूवा सञ्जाललाई बलियो बनाउन खेलकुद कोष निर्माण गर्ने उनको ठूलो चाहाना रहेको छ ।
यूवाहरुबाट समृध्दिको आधार तय गर्न सकिन्छ भन्ने मान्यता राख्ने आफ्नो अभियानमा साथ दिन अधिकारीले सबै मतदाताहरुलाई अनुरोध गर्नु भएको छ ।
प्रतिक्रिया