खाँदबारी । सिलिचाेङ गाउँपालिका ३ ताम्कु स्थित काम्पेप टाेलकाे आगलागी पिडित हर्क माईती राईलाई दक्षिण काेरियाबाट सहयाेग रकम प्राप्त भएकाे छ । सिलिचाेङ गाउँपालिका घर भई राेजगारीकाे क्रममा दक्षिण काेरिया पुगेकाहरुकाे पहलमा २ लाख ४२ हजार रकम सङ्कलन गरेर उपलब्ध गराएका हुन् ।
दक्षिण काेरियामा कार्यरत ४१ जनाबाट सङ्कलित रकम प्राप्त भईसकेकाे पिडितकाे गाउँले समेत रहेका वडा सदस्य टिकाराम कुलुङले जानकारी दिनुभयाे । उक्त रकमले आगलागी पिडितकाे घर निर्माण गरिने तयारी भईरहेकाे वडा सदस्य कुलुङले जानकारी दिनुभयाे । घर निर्माण गर्नकाे लागि काेरियाबाट प्राप्त रकम मात्र पर्याप्त नरहेकाेले अन्यत्रबाट पनि सहयाेगकाे अपेक्षा गरिएकाे कुलुङले जानकारी दिनुभयाे ।
बृद्ध अवस्थाका हर्कमाईती घरमा एक्लै बस्दै आएका थिए । उनकाे एक छाेरा बेपत्ता भएपछि बुहारी अन्यत्र नै बिवाह गरेर गईसकेकाे र छाेरीहरु पनि विहेबारी भईसकेकाे वडा सदस्य कुलुङले जानकारी दिनुभयाे । हर्कमाईतीकाे घर कार्तिक २ गते दिउँसाे जलेर पुर्ण रुपमा नष्ट भएकाे थियाे ।
प्रतिक्रिया