कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७५ प्रतिशत सफल



काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।

बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।

नतिजा अनुसार कुल परीक्षार्थीको ७५.४५ प्रतिशतले मात्र ग्रेडवृद्धि प्राप्त गर्न सकेका छन् ।

परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात् ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डको भनाइ छ ।

सम्बन्धित समाचार