खाँदबारी । सङ्खुवासभा जिल्ला पाँचखपन नगरपालिका ६ वाना भाङ्गटार स्थित धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिर परिसरमा आन्तरिक धार्मिक पर्यटकहरूको चहलपहल बढ्न थालेको छ ।
पछिल्लो समय आन्तरिक पर्यटक तथा स्थानीय भक्तजनहरूको घुइँचो लाग्ने गरेको त्यहाको समितिले जनाएको छ । चहल पहल सँगै माघ महिनामा करिब ५ सय जनाले मन्दिरको दर्शन तथा पूजाआजा गरेको सिद्ध देवी पाथीभरा संरक्षण संस्थाले जनाएको छ । मन्दिर स्थापना पछि दर्शन गर्न आउने आन्तरिक भक्तजनहरूको संख्या बिगतको भन्दा यो महिना बृद्धि भएको स्थानिय देवराज पुरीले बताए ।
ताप्लेजुङको पाथीभरामा भाकल गरेको तर जान नसकेका अशक्त , ज्येष्ठ नागरिक तथा बालबालिकाहरू गरी माघ महिनामा ५ सय जनाले यही आएर भाकल पुरा गरेको संस्थाले जनाएको छ।
धार्मिक अनुस्ठाका साथ आफ्नो भाकल पुरा होस भनी आएका भक्तजनहरूबाट केहि मात्रामा भेटि संकलन हुने गरेको र सो भेटि रकम यही मन्दिर व्यवस्थापनमा खर्च गरिने पनि संस्थाले जनाएको छ ।
प्रतिक्रिया