भोटखोलामा खोलाले बगाएर एक बालकको मृत्यु



संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिला गोलामा खोलाले बगाउँदा एकजना बालकको मृत्यु भएको छ।

वाङ खोलाले बगाउँदा भोटखोला–२ च्याम्ताङ घर भई हाल भोटखोला–४ स्याक्सिलागोलाका स्थानीय नोम्याङ लामाका ४ वर्षीय छोरा बुद्ध सियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

मृतक बुद्ध सियन कृष्ण माध्यमिक विद्यालय स्याक्सिलागोलामा कक्षा १ मा अध्ययरत विद्यार्थी हुन्। उनी बुधवार ३ बजे साथीहरुसँग विद्यालयनजिकै रहेको वाङ खोलामा खेल्न गएका थिए।

उनको खोजतलास गर्ने क्रममा बगाएको भनिएको स्थानबाट ५० मिटर तल शव भेटिएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए।

मृतक बुद्ध सियनको शव बिहीवार पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभामा ल्याइएको छ। घटनास्थल सदरमुकाम खाँदबारीबाट २ दिनको पैदल दुरीमा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार