युडब्लुएस नेपालले दियाे शिक्षकहरुलाई तीन दिने आवासीय तालिम



खाँदबारी । युनाईटेड वर्ल स्कुल (युडब्लुएस) नेपाल संखुवासभाको आयोजनामा जिल्ला भित्रका युडब्लुएस नेपालसँग सहकार्य गरी संचालनमा रहेका बिभिन्न सात वटा सामुदायिक विद्यालयका शिक्षकहरुलाइ आधारभूत गणित तथा भाषा सम्बन्धि तालीम दिएकाे छ ।

संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ११ स्थित युडब्लुएस पिप्ले अर्चले विद्यालयमा असार ६ गते देखि ८ गतेसम्म तालिम दिएकाे हाे । तालिममा सात वटा विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यापन गराउने १९ जना शिक्षकहरुको उपस्थिति रहेको थियो । तालिममा नेपाली, अङ्ग्रेजी र गणित विषयलाई कसरी विद्यार्थी केन्द्रित, मनोरन्जनात्मक र खेल बिधीहरुको प्रयोग गरेर शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न सकिन्छ भनेर शिक्षकहरुलाई विभिन्न विधि र तरिकाहरुको बारेमा जानकारी गरईएको युडब्लुएस नेपाल संखुवासभाका सिनियर एजुकेसन अफिसर बिक्रम भट्टराईले जानकारी दिएका छन ।

युडब्लुएस दुधनाथ विद्यालयबाट सहभागि शिक्षक सन्तोष तामाङले सहभागी शिक्षकको तर्फबाट बोल्दै यस्तो रचनात्मक तथा फलदायी तालिम प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । आगामी दिनमा पनि यस्तै कक्षाकोठामा व्यवहारीक रुपमा उपयुक्त हुने तरिका सहितका रचनात्मक तालीमहरुको निरन्तरताले सामुदायिक विद्यालयको घट्दो शैक्षिक स्तरलाई उकास्न अनुराेध गरेका छन् । शिक्षकहरु कक्षाकोठामा उपयुक्त विधि सहित तयार भएर जाने वातावरण सिर्जना हुने र यस्ता तालिमको निरन्तरताले सिकेका र अनुभव गरेका विषयमा पुनर्ताजगी समेत हुने हुनाले यसको निरन्तरताका लागी उनले अनुरोध समेत गरेका छन् ।

युडब्लुएसका तर्फबाट शिक्षा विभागका आशिष अधिकारीले अब आउने दिनहरुमा यो तालिम पश्चात युडब्लुएसका आगामी दिनमा संखुवासभा भोजपुर र ताप्लेजुङका युडब्लुएस मातहतका सबै विद्यालयहरुमा यो तालिम संचालन गरिने शिक्षा विभागका आशिष अधिकारीले जानकारी दिएका छन् । उनले युडब्लुएस संस्थाको प्रोजेक्ट संचालन भईरहेका सम्पुर्ण जिल्लाहरुका स्थानीयतहहरु संग समन्वय गरि यस्ता तालिमहरु दिईने समेत जानकारी दिएका छन् ।

युडब्लुएस नेपाल बिगत आठ बर्षदेखि संखुवासभा, भोजपुर, ताप्लेजुङ, गुल्मी तथा तनहुँका विभिन्न स्थानीय तहमा निरन्तर रुपमा ग्रामीण र सीमान्तकृत समुदायहरूमा बस्ने बालबालिकाको शिक्षा र शैक्षिक अवसरहरू सुधार गर्ने काम गरिरहेकाे छ । संस्थाकाे विभिन्न कार्यक्रमहरुबाट गुणस्तरीय र समावेशी शिक्षा प्राप्त गर्न ग्रामीण नेपालका १४ हजार भन्दा बढी विद्यार्थीहरूलाई लाभान्वित रहेकाे संस्थाकाे दावी रहेकाे छ ।

सम्बन्धित समाचार