अरुण नदिमा पानीकाे सतह घट्ने क्रममा



खाँदबारी । अरुण नदिमा पानीकाे सतह घट्ने क्रममा रहेकाे जिल्ला विपद ब्यवस्थापन समितिले जनाएकाे छ । सनिबार विहान पानीकाे सतह बढेपनि दिउँसाेदेखि सतह घट्ने क्रममा रहेकाे प्रमुख जिल्ला अधिकार तथा जिल्ला विपद ब्यवस्थापन समिति अध्यक्ष ध्रुब बहादुर खड्काले जानकारी दिनुभयाे ।

मकालु गाउँपालिकाको उवा, तुर्के पुल र त्रिबेणीमा पानीकाे सतह नापिन्छ । उक्त मापन केन्द्रहरुकाे अनुसार पानीकाे सतह घट्ने क्रममा रहेकाे उहाँले स्पष्ट पार्नुभयाे । उवामा विहान १६ सय क्युसेट पर सेकेण्ड पानी रहेकाेमा अहिले १२ सयमा झरेकाे उहाँले जानकारी दिनुभयाे । त्यस्तै तुर्के र त्रिबेणीमा विहान ६ मिटर पानीकाे सतह रहेकाेमा अहिले ५ मिटरकाे हाराहारीम झरिसकेकाे उहाँले बताउनुभयाे ।

अरुण नदिमा पानीकाे सतह सतर्क रहने अवस्थाकाे रहेकाे तर जाेखिमकाे रुपमा नरहेकाे उहाँले स्पष्ट पार्नुभयाे ।

सम्बन्धित समाचार