महाकुलुङ गाउँपालिकाले आयाेगकाे परिक्षा फारम निशुल्क भरिदिदै



खाँदबारी । साेलुखुम्बुकाे महाकुलुङ गाउँपालिकाले सरकारी सेवा प्रवेशका लागि परिक्षा फारम निशुल्क भरिदिने ब्यवस्था गरेकाे छ । विभिन्न आयाेग र अनुमति पत्र (लाईसेन्स) काे परिक्षामा सामेल हुनका लागि ईच्छुक पालिकावासीहरुकाे निशुल्क फारम भरिदिने ब्यवस्था गरेकाे हाे ।

गाउँमा ईन्टरनेटकाे पहुँच नहुदा तथा अनलाईनबाट फारम भर्ने ज्ञाता नहुदा सदरमुकाम पुगेर महँगाे शुल्क तिरेर मात्र फारम भर्नु पर्थ्याे । गाउँमा काेहि कसैले छिटपुत फारम भरिदिने गरेपनि ब्यवस्थित नहुँदा समस्या भाेग्नु परेकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङले बताउनुभयाे । पालिकावासीले त्यस्ता समस्याहरु भाेग्नु नपराेस भनेर गाउँपालिकाकाे राेजगार शाखा मार्फत निशुल्क फारम भरिदिने ब्यवस्था गरिएकाे अधिकृत कुलुङले जानकारी दिनुभयाे । यस अघि फारम दस्तुर बाहेक नै न्युनतम् ५ सय रुपैयाँ तिरेर अनलाईन फारम भराउँदै आएका थिए ।

लाेक सेवा आयाेग, शिक्षक सेवा आयाेग, अध्यपन अनुमति पत्र लगायतका सरकारी प्रतिष्पर्धात्मक परिक्षाहरुमा सामेल हुन चाहने ब्यक्तिले आवश्यक कागजात लिएर स्वयम् गाउँपालिकाकाे कार्यालयमा पुग्नु पर्नेछ । सम्बन्धित ब्यक्तिले भरेकाे फारमकाे सम्पूर्ण बिवरण सम्बन्धित ब्यक्तिले नै लिएर सुरक्षित राख्नु पर्ने ब्यवस्था गरिएकाे पालिकाकाे राेजगार सहायक सन्देश कुलुङले बताउनुभयाे । यहि आर्थिक बर्षबाट सुरु गरिएकाे याे सेवा मार्फत हालै खुलेकाे स्थायी अध्यापन अनुमति पत्रकाे परिक्षाकाे लागि १५ जनाकाे फारम भरिसकिएकाे कुलुङले जानकारी दिनुभयाे ।

याे सुविधाले सरकारी सेवामा प्रवेश गर्न धेरथाेर सहयाेग पुग्ने अपेक्षा राखिएकाे प्रमुख प्रशासकीय अधिकृत कुलुङले बताउनुभयाे । ‘कत्तिले फारम भर्न नपाएरै परिक्षा दिनबाट बञ्चित भईरहेका हुन्छन, त्यस्ताे नहाेस भनेर पालिकाका साथीहरुलाई सुविधा दिने प्रयास गरेका हाैँ’, कुलुङले भन्नुभयाे ।

महाकुलुङ गाउँपालिकाबाट सरकारी सेवामा प्रवेश गर्नेहरुकाे संख्या बढ्दाे छ । विभिन्न सरकारी सेवामा हरेक बर्ष औषतमा २० जनाका दरले प्रवेश गर्ने गरेकाे गाउँपालिकाले जनाएकाे छ । केहि बर्षअघि गाउँपालिकाले लाेकसेवा तयारी कक्षा समेत सञ्चालन गरेकाे थियाे । उक्त कार्यक्रमकाे सकरात्मक प्रभाव देखिन थालेकाे प्रमुख प्रशासकीय अधिकृत कुलुङले बताउनुभयाे ।

सम्बन्धित समाचार