चिचिलामा ‘मैले मान्छे मारेको छु’ भन्दै हिडेपछि ‍‍‍….



खाँदबारी । चिचिला गाउपालिका ३ का प्रदिप राईले मान्छे मारेको छु भन्दै चिचिला गाउँपालिकाको केन्द्र चिचिला बजार पुगे । बजारमै रहेको प्रहरी चौकिका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक सुर्य अधिकारीले चौकीमा ल्याएर सोधी खोजी गरे ।

त्यस क्रममा उनले चिचिला गाउँपालिका ३ का विकाश राईलाई मारेको बताए । उनले भाईटिकाको दिन गाउँमै ढुङ्गाले हान्दा राई मरेको र नजिकैको लप्से भिरमा लगेर फालिदिएको बताए । त्ससपछि चिचिला प्रहरी चौकिका टोली, जनप्रतिनिधिहरू र स्थानीय उक्त ठाउँमा हेर्न पुग्दा भिरमा अल्झिएको अवस्थामा शब भेटिएको वडा नम्बर ३ का अध्यक्ष जीतबहादुर राईले बताएका छन् ।

शव निकाल्न निक्कै अप्ठ्यारो रहेको र आज (सनिबार) शव निकाल्न सम्भव नभएकोले भोली निकाल्ने उहाँले बताउनुभयो । हत्या गर्ने भनिएका प्रदिप राईलाई चिचिला प्रहरी चौकिले नियन्त्रणमा राखेको छ । घटनाको बारेमा बुझ्न जिल्ला प्रहरी कार्यालयबाट डिएस्पीको टोली घटनास्थल तर्फ लागेका छन् ।

हत्या गरिएको बिकाश राई यस अघि पनि पटक पटक कारागार बसिसकेका ब्यक्ति हुन् । केही महिना अघि पनि गाउँमा असुरक्षा पैदा गरेको भन्दै गाउँलेले सुरक्षाको माग राखेका थिए ।

सम्बन्धित समाचार