एनआरएनए, पोर्चुगलका संस्थापक अध्यक्ष हमालद्वारा सर्वपक्षीय वैठकको आव्हान



लिस्वन । गैरआवासीय नेपाली संघ, पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमालले सर्वपक्षीय बैठकको आव्हान गर्नु भएको छ । उहाँले एक विज्ञप्ति जारी गर्दै सो कुरा आव्हान गर्नु भएको हो ।

वैठक ३० नोभेम्बरमा आरोइसको मण्डला हाउसमा हुने जनाएको छ । संस्थापक अध्यक्ष हमालले विगतमा संघले राम्रा काम गरे पनि पछिल्लोपटक संघमा देखिएको विवाद र सामाजिक सञ्जालमा फैलिएको नकरात्मक समाचारप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

यतिखेर संघले राहदानी नवीकरण, कागजपत्र प्रमाणीकरण, नेपालमा भएका दैवी प्रकोपलगायतमा ध्यान दिनुपर्नेमा आन्तरिक विवादमा देखिएकोले यसलाई समाधान गर्न संस्थापक अध्यक्षको हैसियतले सर्वपक्षीय वैठकको आयोजना गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गैरआवासीय नेपाली संघ, पोर्चुगलको ३० जुलाई २०२३ मा भएको नवौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष पदमा दुई जनालाई एक-एक वर्ष कार्यकाल बाँड्ने सहमति भए पनि कार्यान्वयनमा विवाद देखिएको छ। विवादले संघको गतिविधि ठप्प भएको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..