खाँदबारी राष्ट्रपति रनिङ शिल्डको विजेता बने हिमावि खाँदबारी



खाँदबारी । माघ २५ बाट खाँदबारी रंगशालामा सुरु भएको खाँदबारी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि हिमालय माध्यमिक विद्यालय खाँदबारीले जितेको छ । हिमालय माविले २७ स्वर्ण पदक जित्दै उपाधि जितेको हो ।

प्रतियोगितामा १६ स्वर्ण सहित मनकामना रत्नअम्बिका मावि तुम्लिङटार दोश्रो भएका छन् । त्यस्तै ९ स्वर्ण जित्दै सुर्य आवासीय मावि खाँदबारी तेश्रो भएका छन् ।
प्रथम बनेको हिमालय माविले १२ रजत र १३ काँस्य पदक जितेका छन् । दोश्रो भएका मनकामना रत्न अम्बिका माविले १६ रजत र १३ काँस्य पदक जितेका छन् भने तेश्रो बनेका सुर्य आवासीय मावि खाँदबारीले ६ रजत र १३ कास्य पदक जितेका छन् ।

खाँदबारी नगर स्तरीय अन्तर माध्यमिक विद्यालय खेलकुद प्रतियाेगितामा ४ विधाकाे खलहरुमा प्रतिस्पर्धा गराईएकाे थियाे ।

सम्बन्धित समाचार