खाँदबारी । जिल्ला प्रशासन कार्यालय संखुवासभाको संयोजनमा मानेभञ्ज्याङ र नयाँ बजारका केहि पसलहरुको अनुगमन गरिएको छ । बजार क्षेत्रका उपभोग्य सामानहरु अवस्थाको बारेमा जानकारी लिन तथा सचेतनाका लागि शुक्रबार बजार अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयको समन्वय, जिल्ला प्रहरी कार्यालय, खाँदबारी नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग बाणिज्य संघ र पत्रकार महासंघको सहभागितामा बजार अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा केही ब्यावसायहिरुको व्यवसाय दर्ता नगरिएको, नवीकरण नगरिएको, मूल्य सूची नराखिएको पाइएको छ । त्यस्ता व्यवसायीहरुलाई प्रचलित कानुनले निर्धारण गरेका आवश्यक कागजात चुस्तदुरुस्त राख्न र आवश्यक सुधारका लागि सुझाव दिइएको छ ।
अनुगमनका क्रममा डिउ, कोक, पेप्सी, स्प्राइड लगायतका पेयपदार्थहरु म्याद गुज्रिएको भेटिएको छ । त्यस्तै विस्कुट, चक्लेट, चिप्स लगायतका सामग्रीहरुको समेत म्याद गुज्रिएको पाईएको छ । त्यस्ता सामग्रीहरु बरामद गरिएको छ । अनुगमन टोलीले ९ हजार ७ सय रुपैयाँ बराबरको सामान जफत गरेको हो ।
त्यस्तै ब्यावसायीहरुलाई उपभोक्ता हित संरक्षणको लागि सचेत गराउँदै सुधारका लागि सुझाव सहित आवश्यक निर्देशन दिईएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामजी पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया