मादी नगरपालिकाका ३० जना महिलाहरुलाई दिईयो क्षमता विकास तालिम



खाँदबारी । मादी नगरपालिका वडा नम्बर ९ का ३० जना महिलाहरुलाई क्षमता विकास तालिम दिईएको छ । मादी नगरपालिकाको आयोजनामा वडा नम्बर ९ का १० आमा समुहका ३० जना महिलाहरुलाई तालिम दिईएको हो ।

बैशाख ७ देखि ९ गतेसम्म तीन दिन आयोजना गरिएको तालिममा आमा समुहका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई तालिम दिईएको हो । वडा नम्बर ९ का अध्यक्ष लक्ष्मीबहादुर लिम्बुको अध्यक्षतामा आयोजित तालिमलाई प्रमुख प्रशासकीय अधिकृत अधिकृत भक्तबहादुर भटराईले अनुगमन गर्नुभएको थियो ।

तालिममा सहभागीहरुलाई उदघोषण कला, कार्यालय प्रयोजनका लागि आवश्यक निवेदन लेखन, तमसुक लेखन र समुहको चार खाता ब्यवसथापन सम्बन्धी तालिम दिईएको नगरपालिकाले जनाएको छ ।

तालिममा सहभागीहरुलाई महिलाहरुको हक, अधिकार र महिला सशक्तिकरण सम्बन्धी समेत पशिक्षण दिईएको थियो । तालिममा सहभागिहरुलाई नगरपालिकाकामा कार्यरत विज्ञ कर्मचारीहरुले प्रशिक्षण दिएका थिए ।

यो तालिम पश्चात कार्यालय ब्यवस्थापन तथा कार्यक्रम सञ्चालनमा आमा समुहहरुलाई सहजता मिल्ने अपेक्षा लिईएको नगरपालिकाका कृषि शाखा प्रमुख निमा शेर्पाले जानकारी दिनुभयो ।

 

सम्बन्धित समाचार