महाकुलुङ गाउँपालिकाले काठ्माण्डाैमा घुम्ति शिविर सञ्चालन गर्दै



काठ्माण्डाै । साेलुखुम्बुकाे महाकुलुङ गाउँपालिकाले काठ्माण्डाै उपत्यका बस्दै आएका पालिकावासीलाई लक्षित गरि घुम्ति सेवा शिविर सञ्चालन गर्ने भएकाे छ । यहिँ साउन २२ देखि २४ गतेसम्म काठ्माण्डाैकाे गाेकर्णेश्वर स्थित शेर्पा पार्टी प्यालेसमा शिविर सञ्चालन गर्ने भएकाे हाे ।

यस शिविरबाट मुलत: सामाजिक सुरक्षा, राष्ट्रिय परिचयपत्र, मालपाेत सम्बन्धि सेवाहरु दिईने प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङले जानकारी दिनुभयाे । पञ्जिकरणसँग सम्बन्धित सम्पूर्ण कार्यहरू, साममजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण, विभिन्न वडा तथा पालिकाबाट दिइने सिफारिसहरु उपलब्ध गरिने उहाँले बताउनुभयाे । यस बर्षबाट सामाजिक सुरक्षाका सम्पूर्ण कार्यहरु डिजिटल माध्ययमबाट गर्नु परेकाे र साेकाे लागि ब्यक्ति स्वयम् उपस्थित हुनु पर्ने ब्यवस्था रहेकाे उहाँले जानकारी दिनुभयाे । यस शिविरबाट राष्ट्रिय परिचयपत्रका कार्यहरु, मालपाेत सम्बन्धि कार्यहरु (तिराे तिर्ने) लगायतका कामहरु गरिने प्रमुख प्रशासकीय अधिकृत कुलुङले जानकारी दिनुभयाे ।

महाकुलुङ गाउँपालिकाका नागरिकहरु धेरै संख्यामा काठ्माण्डाै उपत्यकामा रहेकाे र बिविध समस्याले आफ्नै पालिकामा आएर सेवा लिन नसकेकाहरुका लागि शिविर सञ्चालन गर्न लागिएकाे गाउँपालिका अध्यक्ष सुर्य कुलुङले जानकारी दिनुभयाे । ‘कत्तिपय सेवाग्राहिहरु अशक्त छन्, त्यस्ता नागरिकहरुलाई लक्षित गरि शिविर ल्याएका हाैँ’, अध्यक्ष कुलुङले भन्नुभयाे । महाकुलुङ आउनु भन्दा काठ्माण्डाै आउन सहज हुने जाे काेहि महाकुलुङवासीले शिविरबाट सेवा लिन सक्ने अध्यक्ष कुलुङले स्पष्ट पार्नुभयाे । सेवा लिनकाे लागि आवश्यक कागजात बुझ्न नजिकैकाे जनप्रतिनीधि तथा कर्मचारीहरुलाई सम्पर्क गर्न अध्यक्ष कुलुङले अनुराेध गर्नुभयाे ।

यस शिवरमा गाउँपालिका अध्यक्ष सहित सवै वडाका अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत सहित सम्बन्धित शाखाका कर्मचारीहरुकाे उपस्थिति रहनेछ । शिविर सञ्चालनकाे लागि शेर्पा कुलुङ शेर्गी किदुक संस्थाले स्थानीय ब्यवस्थापनमा सहयाेग गर्नेछ । गाउँपालिकाले गत बर्ष पनि काठ्माण्डाैमा यस्तै शिवर सञ्चालन गरेकाे थियाे । उक्त शिवरमा समेत याे संस्थाले ब्यवस्थापनमा सहयाेग गरेकाे थियाे ।

सम्बन्धित समाचार