महाकुलुङ गाउँपालिकाकाे घुम्ति शिविर काठ्माण्डाैमा सुरु



काठ्माण्डाै । साेलुखुम्बुकाे महाकुलुङ गाउँपालिकाले काठ्माण्डाै उपत्यका बस्दै आएका पालिकावासीलाई लक्षित गरि घुम्ति सेवा शिविर सुरु गरेकाे छ । पालिकाले आज (विहिबार) बाट सनिबारसम्म सञ्चालन हुने गरि काठ्माण्डाैकाे गाेकर्णेश्वर स्थित शेर्पा पार्टी प्यालेसमा शिविर सुरु हाे ।
३ दिनसम्म सञ्चालन हुने शिविरबाट करिव १५ सय बढि सेवाग्राहिहरुले सेवा लिने अपेक्षा गरिएकाे गाउँपालिका अध्यक्ष सुर्य कुलुङले जानकारी दिनुभयाे । महाकुलुङ गाउँपालिकाका नागरिकहरु धेरै संख्यामा काठ्माण्डाै उपत्यकामा रहेकाे र बिविध समस्याले आफ्नै पालिकामा आएर सेवा लिन नसकेकाहरुका लागि शिविर सञ्चालन गरिएकाे अध्यक्ष सुर्य कुलुङले जानकारी दिनुभयाे । काठ्माण्डाैबाट महाकुलुङ गएर सेवा लिनकाे लागि अाैसतमा प्रति ब्यक्ति ३० हजार रुपैयाँसम्म खर्च हुने बताउनुहुँदै यस शिविरबाट थुप्रै पालिकावासीलाई राहत मिलेकाे अध्यक्ष कुलुङकाे दावी छ ।

शिविरबाट सामाजिक सुरक्षा, राष्ट्रिय परिचयपत्र, मालपाेत सम्बन्धि सेवाहरु दिईएकाे वडा नम्बर १ का अध्यक्ष पर्खिधन नाछिरिङले जानकारी दिनुभयाे । त्यस्तै पञ्जिकरणसँग सम्बन्धित सम्पूर्ण कार्यहरू, साममजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण, विभिन्न वडा तथा पालिकाबाट दिइने सिफारिसहरु उपलब्ध गराईएकाे अध्यक्ष नाछिरिङले बताउनुभयाे । यस बर्षबाट सामाजिक सुरक्षाका सम्पूर्ण कार्यहरु डिजिटल माध्ययमबाट गर्नु परेकाे र साेकाे लागि ब्यक्ति स्वयम् उपस्थित हुनु पर्ने बाध्यता थियाे । यस शिविरबाट राष्ट्रिय परिचयपत्रका कार्यहरु, मालपाेत सम्बन्धि कार्यहरु (तिराे तिर्ने) लगायतका कामहरु गरिने वडा नम्बर ४ का अध्यक्ष सरश्वति कुलुङले बताउनुभयाे । ।

शिविर सञ्चालनकाे लागि कुलुङ शेर्वी किदुक संस्थाले स्थानीय ब्यवस्थापनमा सहयाेग गरेकाे छ । गाउँपालिकाले गत बर्ष पनि काठ्माण्डाैमा यस्तै शिवर सञ्चालन गरेकाे थियाे । उक्त शिवरमा समेत याे संस्थाले ब्यवस्थापनमा सहयाेग गरेकाे थियाे ।

 

सम्बन्धित समाचार