खाँदबारी । नाबालिकालाई ललाई फकाई जबरजस्ती करणी गर्ने संखुवासभाका एक युवक कारागार चलान भएका छन्।
चैनपुर नगरपालिका–३ का ३१ वर्षीय रामबहादुर दाहाललाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालत संखुवासभाको आदेशानुसार पुर्पक्षका लागि बुधबार जिल्ला कारागार खाँदबारी चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो।
उहाँका अनुसार नाबालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा गत ३ साउनमा पक्राउ गरिएको थियो।


प्रतिक्रिया