१ करोडकाे लागतमा एमाले संखुवासभाले नयाँ भवन बनाउने



खाँदबारी । नेकपा एमाले संखुवासभाले यसै वर्ष १ करोडकाे लागतमा नयाँ पार्टी कार्यालय भवन निर्माण गर्ने भएको छ ।

खाँदबारी चोकमा रहेको पुरानो भवन जीर्ण बनेपछि नयाँ भवन बनाउन लागिएको जिल्ला अध्यक्ष खड्गबहादुर राईले जानकारी दिनुभयाे।

बुधबार बसेकाे जिल्ला कमिटीको छैटौं पूर्ण बैठकले उक्त निर्णय गरेको हो । पार्टीले २०८३ साल असार भित्र भवन निर्माण सम्पन्न गर्ने कार्ययोजना तय गरेको छ ।

निर्माणका लागि पार्टी सदस्यहरूमार्फत सहयोग संकलन अभियान सञ्चालन गर्ने र देउसीभैलो खेल्ने तयारीसमेत गरिएको प्रचार विभाग प्रमुख नविन दाहालले बताउनुभयाे ।

सम्बन्धित समाचार