सिलिचाेङकाे काठमाण्डाै शिविरमा ५७ जनाले लिए सेवा



काठमाण्डाै । संखुवासभाकाे सिलिचाेङ गाउँपालिकाले काठ्माण्डाैमा आयाेजना गरेकाे घुम्ति शिवरबाट ५७ जनाले सेवा लिएका छन् । भदाैकाे ६ र ७ गते आयाेजना गरेकाे २ दिने शिविरबाट उक्त संख्यामा सेवा दिईएकाे हाे ।

सेवा लिनेहरुमा सामाजिक सुरक्षा भत्ताकाे नविकरण ४४ जना, अबिवाहित सिफारिस ७ जना, नेपाली नागरिकताकाे सिफारिस १ जना, आदिवासी जनजाति सिफारिस २ जना, एउटै ब्यक्ति प्रमाणित सिफारिस १ जना, नाता प्रमाणित १ जना र अन्य सिफारिस सेवा १ जनाले लिएकाे एमआईएस अपरेटर रमेश चाम्लिङले जानकारी दिनुभयाे ।

सिलिचाेङ गाउँपालिकाले ९ र १० गते ईटहरीमा घुम्ति सेवा शिविर सञ्चालन गर्ने छ । ईटहरी ४ स्थित विश्व आदर्श बाेर्डिङ छेउ (गाउँपालिकाकाे प्रशासकीय अधिकृत भद्रबहादुर कुलुङकाे घरमा) बाट सेवा दिन लागेकाे हाे । तराई क्षेत्रमा बसाेवास गर्ने सिलिचाेङवासीलाई लक्षित गरि ईटहरी सेवा केन्द्र ताकिएकाे पालिका अध्यक्ष भुपालराज मेवाहाङले जानकारी दिनुभयाे ।

पालिकाले १२ गते खाँदबारीमा घुम्ति सेवा शिविर सञ्चालन गर्नेछ ।

सम्बन्धित समाचार