काठमाण्डाै । सरकारले संखुवासभाकाे हेदाङ्ना सहित २३ स्थानमा इलाका प्रशासन कार्यालय थप गर्ने तयारी गरेको छ । गृहमन्त्री रमेश लेखकले कार्यालय थप्नेबारे अध्ययन गर्न कार्यदल गठन गर्नुभएको थियो ।
कार्यदलको प्रतिबेदन अनुसार २३ वटा इलाका प्रशासन कार्यालय थप गर्ने प्रस्ताव हिजोको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रशासन समितिमा पठाएको छ । मन्त्रिपरिषद्बाट पठाएको प्रस्तावमा प्रशासन समितिले आवश्यक छलफल गरी कार्यान्वयनका लागि अघि बढाउने गृह मन्त्रालयले जनाएको छ ।
संखुवाभाकाे मकालु गाउँपालिका स्थित हेदाङ्नमा द्वन्द्वकाल भन्दा पहिले पनि इलाका प्रशासन कार्यालय थियाे । द्वन्द्वकालमा असुरक्षाका कारण कार्यालय हटाईएकाे थियाे । यहाँ इलाका प्रशासन कार्यालय सञ्चालन गरिए मकालु, भाेटखाेला लगायतका पालिकावासीहरु जिल्ला सदरमुकाम खाँदबारी जानु पर्ने बाध्यता हट्नेछ ।
हेराैँ प्रस्तावित इलाका प्रशासन कार्यालयहरु:
➨ इलाका प्रशासन कार्यालय, सिरिजंगा, ताप्लेजुङ्ग
➨ इलाका प्रशासन कार्यालय, हलेसी, खोटाङ्ग
➨ इलाका प्रशासन कार्यालय, घोराखोरी, ओखलढुंगा
➨ इलाका प्रशासन कार्यालय, सुखिपुर, सिरहा
➨ इलाका प्रशासन कार्यालय, धनुषाधाम, धनुषा
➨ इलाका प्रशासन कार्यालय, वलरा, सर्लाही
➨ इलाका प्रशासन कार्यालय, पोखरिया, पर्सा
➨ इलाका प्रशासन कार्यालय, दुधौली, सिन्धुली
➨ इलाका प्रशासन कार्यालय, टोखा, काठमाडौँ
➨ इलाका प्रशासन कार्यालय, धो, डोल्पा
➨ इलाका प्रशासन कार्यालय, खत्याड, मुगु
➨ इलाका प्रशासन कार्यालय, रास्कोट, कालिकोट
➨ इलाका प्रशासन कार्यालय, कोल्टी, वाजुरा
➨ इलाका प्रशासन कार्यालय, देउरा, बझाङ्ग
➨ इलाका प्रशासन कार्यालय, साँफेबगर, अछाम
➨ इलाका प्रशासन कार्यालय, विपिनगर, डोटी
➨ इलाका प्रशासन कार्यालय, गोकुलेश्वर, दार्चुला
➨ इलाका प्रशासन कार्यालय, मेलौली, बैतडी
➨ इलाका प्रशासन कार्यालय, हेदङ्गवा (हेदाङ्ना), संखुवासभा
➨ इलाका प्रशासन कार्यालय, गैडहवा, रुपन्देही
➨ इलाका प्रशासन कार्यालय, भिमाद, तनहुँ
➨ इलाका प्रशासन कार्यालय, सितगंगा, अर्घाखाँची
➨ इलाका प्रशासन कार्यालय, खैरहनी, चितवन


प्रतिक्रिया