मादी माविकाे हीरक महाेत्सव सम्बाेधन गर्न राष्ट्रपति पाैडेल संखुवासभा आउनुहुँदै



खाँदबारी । संखुवासभाकाे मादी माध्यमिक विद्यालयकाे हीरक महाेत्सवलाई सम्बाेधन गर्न राष्ट्रपति रामचन्द्र पाैडेल संखुवासभा आउनुहुने भएकाे छ । विद्यालयकाे ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सवलाई उद्घाटन गर्न भदाै १२ गते मादी आउनुहुने भएकाे हाे ।

महोत्सवमा राष्ट्रपति पौडेलले विद्यालयको ७५ औं वार्षिकोत्सवको औपचारिक उद्घाटन गर्नुका साथै विद्यालय प्राङ्गणमा निर्मित हिरक स्तम्भको अनावरण र विद्या, शिक्षा र ज्ञानको प्रतीकका रूपमा स्थापित सरस्वतीको मूर्तिको पनि अनावरण गर्नुहुने कार्यक्रम तय गरिएको विद्यालयले जनाएकाे छ ।

महाेत्सवमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का समेतकाे उपस्थिति रहनेछ ।

विद्यालयले भदाै ४ गतेदेखि नै आन्तरिक कार्यक्रमहरुकाे आयाेजना गरि महाेत्सव सुरु गरेकाे हाे । भदाै १२ गते विद्यालयकाे प्रतिवेदन प्रस्तुत, प्रमुख तथा विशिष्ट अतिथिहरुबाट सम्बाेधन लगायतका कार्यक्रमहरु आयाेजना गरि साँझ दिपावली गरेर महाेत्सव सम्पन्न हुनेछ ।

सम्बन्धित समाचार