खाँदबारी । संखुवासभामा छैठौं नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति व्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । भदौ २७ देखि ३० सम्म संखुवासभा जिल्ला स्तरीय पुरुष डबल ब्याटमिन्टन प्रतियोगिता हुने भएको हो ।
नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति प्रतिष्ठानको प्रायोजन तथा जिल्ला ब्याटमिन्टन संघ संखुवासभाको आयोजनामा प्रतियोगिता हुने लागेको हो । पत्रकार महासंघ संखुवासभाको कार्यालयमा पत्रकार सम्मेलन गरि उक्त आयोजनाको बारेमा जानकारी दिईएका हो । पत्रकार सम्मेलनमा प्रतियोगिताको आमदानी तथा खर्चको बिवरण प्रतियोगिता संयोजक जानकी बल्लभ पोख्रेलले प्रस्तुत गर्नुभएको थियो ।
प्रतियोगितामा संखुवासभा जिल्लाबाट प्रदेश स्तरीय प्रतियोगितामा प्रथम र द्वितीय स्थान प्राप्त गरेका खेलाडीहरुलाई सहभागी नगराउने निर्णय गरिएको जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष सञ्जिव श्रेष्ठ (राजु)ले जानकारी दिनुभयो । यो प्रतियोगिताको उद्देश्य संखुवासभाबाट खेलाडी उत्पादन गर्ने रहेकोले प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडीहरुलाई राकिएको बताउनुभयो ।
पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले पछिल्लो समय जिल्ला ब्याटमिन्टन संघले गरिरहेको कार्यहरुको प्रसंशा गर्नुभयो । विगतमा धिमा गतिमा रहेको संघ हालको बहालवासा समितिको आगमनपछि जिल्लालाई नै ब्याटमिन्टनमय बनेको प्रतिकृया दिनुभयो ।
नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति ब्याटमिन्टन प्रतियोगिता संखुवासभामा नै ऐतिहासिक रहेको ब्याटमिन्टन संघ संखुवासभाका उपाध्यक्ष मुनहाङ गुरुङले प्रतिकृया दिनुभयो । यहि प्रतियोगिताको कारण हाल संखुवासभाबाट करिव दर्जनको संख्यामा राष्ट्रिय खेलाडीहरु उत्पादन भएको बताउनुभयो ।
प्रतियोगिताको विजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ३५ हजार, उपविजेताले २० हजार र तृतीय २ टिमले ५,५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । संखुवासभाको खाँदबारी स्थीत स्वर्गीय नरबहादुर श्रेष्ठ र विष्णुमाया श्रेष्ठको स्मृतिमा उहाँहरुको परिवारले प्रतिष्ठानको स्थापना गरेका हुन् । उक्त प्रतिष्ठानको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिदै आएको छ ।
https://www.facebook.com/share/v/195U6fjpLR/


प्रतिक्रिया